कुमारी बैंक र ड्रिम होटेलबीच सम्झौता

काठमाडौ । कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिम होटेलबीच बैंकका ग्राहकलाई ड्रिम इन्टरनेसनल होटेलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा ड्रिमल्याण्ड इन्टरनेसनल होटेलका तर्फबाट महाप्रबन्धक राजेन्द्र पौडेलले हस्ताक्षर गरेका हुन ।

डिजिटल कारोबारमा ग्राहक आकर्शित भाईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त बैंकले यस सहकार्य मार्फत ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो ।

बैंकका डेबिट/क्रेडिट कार्डवाहकले उक्त होटेल बसाईमा रुम शुल्कमा १५, खानपानमा १० र बेभरेज १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिग सुविधा दिँदै आएकोे र आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया