हिन्दूसंस्कारका वैज्ञानिक आधारहरू

नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आआफ्नो आस्थाअनुसार धर्मसँग जोडिएका हुन्छन् । ती संस्कारहरू कुनै न कुनै तवरले रहनसहन, भौगोलिक बनावट, समयसापेक्षअनुसार प्रभावित भएका हुन्छन् । पुर्खादेखि चलीआएका यी विविध संस्कारहरू एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदा कारणहरू हस्तान्तरण नहुनु, तीव्र बसाइँसराइको कारण अन्य जाति तथा धर्महरूको समिश्रण हुँदै जानु तथा नयाँ पुस्ताहरूमा पश्चिमेली संस्कारको हावी बढ्दै जानुले गर्दा पुर्खाहरूले गर्दै आएका कतिपय संस्कारहरूलाई रुढिवादी परम्पराको रूपमा चित्रण गरिनु स्वाभाविक पनि हो । हाम्रा पुर्खाहरूले पालना गर्दै आएका धेरै संस्कारहरू रुढिवादी होइन, समयसापेक्ष वैज्ञानिक आधारहरू थिए भन्ने कुराहरू तल उल्लिखित संस्कारहरूको मूल्यमान्यताहरूले दर्शाउँछ ।

खाना खानुअघि थाल वरिपरि पानीको घेरा हालेर भात चढाउनु (औसानी)

आफ्नो वरपर आँखाले नदेखिने ससाना किटाणुहरू रहेका हुन्छन् । यिनै किटाणुहरूबाट बच्न हाम्रो समाजमा खाना खाँदा थाल वरिपरि पानीको घेरा बनाई भात छर्केर चढाउने गरिन्छ, ता कि ती किटाणुहरू पानीको घेरा तोडेर खानासम्म आइनपुगोस् र खाना खाउन्जेल ती किटाणुहरू तिनै छर्केको भातमै अलमलिएर बसोस् ।

घर तोरणले सजाउनु

घर तथा कार्यालय वरपर शुद्ध हरियो पातहरूले बनाइएको तोरण लगाउनाले यसले वायु शुद्ध पार्ने काम गर्दछ र वरपरको वायु प्रदूषण कम गर्न गर्दछ । नयाँ घरमा बसाइँ सर्दा, विवाहजस्ता अवसरहरूमा विशुद्ध हावा चाहिने हुँदा यस्ता अवसरहरूमा घर वरिपरि तोरणले सजाएर मात्र सामाजिक अवसरहरू सम्पन्न गर्ने गरिन्छ । आँप तथा पीपलको पात तोरण बनाउँदा धेरैजसो प्रयोगमा ल्याइन्छ ।

सूर्यदर्शन

वैज्ञानिक तथ्य अनुसार १५ मिनेट सूर्यदर्शन गर्नाले मानसिक तनाव कम भई आत्मविश्वास बढ्ने गर्दछ । यसले दिमागबाट अनावश्यक सोचाइ, अनुभूतिहरूलाई हटाएर आनन्द र परमानन्दको अनुभूति गराउँछ । यसले मानिसभित्र रहेको दिक्कलाग्दो स्वभावलाई उत्साही र प्रबल बनाई निर्णय क्षमता वृद्धि गर्ने गर्दछ । सूर्यदर्शन गर्नाले मानिसको दिमागलाई ऊर्जावान, आनन्दित, शान्त र एकत्रित बनाउन सहयोग गर्दछ । साथै शरीरमा सकारात्मक ऊर्जाहरू थपेर स्वस्थ रहन सहयोग गर्दछ ।

सूर्य नमस्कार

बिहानीको पारिलो घाममा सूर्यलाई पानी चढाएर गरिने सूर्य नमस्कार हिन्दू संस्कार आपैmँमा वैज्ञानिक रहेको पाइन्छ । बिहानीको पारिलो घाममा सफा पानी सूर्यलाई चढाउँदा प्रकाशका किरणहरू पानीमार्फत आवर्तन हुँदा ती किरणहरू रातो, सुन्तला, पहेँलो, हरियो, नीलो तथा वैजनी रंगमा छुटिन्छन् । यसरी छुट्टिएका रंगहरू मध्ये हरियो रंग हाम्रो आँखाको लागि एकदम लाभदायी मानिन्छन् । हरेक बिहान सूर्य नमस्कार गर्दा स्वास्थ्यको दृष्टिकोणले धेरै लाभदायी हुने गर्दछ ।

पुरुषहरूले टुपी पाल्नु

सुश्रुत ऋषिलाई आयुर्वेदको मुख्य सर्जक मानिन्छन् । उनको व्याख्या अनुसार टाउकोको टुप्पोको भाग जहाँ चेतनाको मुख्य भाग मानिन्छ, शरीरभरिको सबै नशाहरू यहीँ जोडिएको हुन्छ, यसलाई अधिपति मर्म भनिन्छ । यसै भागमा रहेको टुप्पीको गाँठो पारिएको शिखाले यस ठाउँलाई रक्षा गर्ने गर्दछ । यसको ठीक तल ब्रह्मरन्ध्र रहेको हुन्छ शरीरको तल्लो भागको नशाहरू यहा आएर जोडिएको हुन्छ । योगमा ब्रह्मरन्ध्र उच्च स्थानमा रहेको साताँै चक्रको रूपमा लिइन्छ । यसलाई बुद्धिको केन्द्रबिन्दु मानिन्छ । गाँठो पारिएको शिखाले यस केन्द्र भागलाई छोपेर सुक्ष्म ऊर्जाहरूलाई संरक्षण गर्न बढावा दिन्छ ।

मसालेदारबाट सुरु गरी मिठाइबाट अन्त्य गर्नु

प्रायः हाम्रा परम्परागत भोज भतेरहरूमा मसालेदार खानाको परिकारहरू खुवाई भोजन सुरु गरिन्छ र अन्तमा मिठाइहरू खुवाई समापन गरिन्छ । पुर्खाको पालादेखि चली आएको यो परम्पराअनुसार मसालेदार खानाले पाचनदार रस तथा एसिडहरू उत्पादन गर्दछ जसले खाएको खानाहरू आरामले पचाउन सहयोग पुर्याउँछ । भोजनको अन्त्यमा दिइने गुलियो मिठाइ तथा कार्बोहाइड्रेटले पाचन प्रकिया सुचारु गर्न गराउन उत्प्रेरित गर्दछ । त्यसैले मिठाई जहिले पनि खानाको अन्त्यमा दिनु उचित हुन्छ ।

दुवै हात जोडेर गरिने अभिवादन

हिन्दू संस्कारमा दुवै हात जोडेर नमस्कार गर्नुलाई सामान्यतया एकले अर्कोलाई सम्मान तथा अभिवादनको रूपमा बुझिन्छ । तर, वैज्ञानिक अर्थमा दुवै हात जोडेर नमस्कार गर्दा हत्केलाका औँलाहरू एकआपसमा जोडी आँखा, कान र दिमागको चाप बिन्दुहरूमा सिधा असर पर्दछ र अभिवादित व्यक्तिलाई लामो समयसम्म सम्झिन सहयोग गर्छ ।

खुट्टाको औँलामा रिङ लगाउनु

सामान्यतः खुट्टाको दोस्रो औँलामा रिङ लगाउनुलाई विवाहित महिलाको अर्थमा बुझिन्छ । वैज्ञानिक अर्थमा खुट्टाको दोस्रो औँलाको नशा पाठेघर भई मुटुसम्म जोडेको हुन्छ । खुट्टाको औँलामा यसरी रिंग लगाउँदा पाठेघरमा दबाब सिर्जना गर्दछ जसले गर्दा नियमित रक्तप्रवाह गराई महिलाको महिनावारी चक्रलाई स्वस्थ र नियमित गराउन सहयोग गर्दछ ।

नदी र खोलामा सिक्का फाल्नु

सामान्य अर्थमा नदीनाला, खोलामा सिक्का फाल्नुलाई धार्मिक अर्थमा भाग्यवृद्धिको रूपमा बुझिए पनि वास्तविक रूपमा वैज्ञानिक तथ्यहरू छन् । प्राचीन समयमा सिक्काहरू प्रायः तामाबाट बनेका हुन्थे । खानेपानीको मुख्य स्रोत भनेकै खोलानाला हुन्थ्यो । तामा हाम्रो शरीरका लागि चाहिने एक अभिन्न धातुको रूपमा लिइन्छ । हामीले खानेपानीमा यथेष्ट तामाको मात्रा होस् भन्ने हेतुले हाम्रा पुर्खाहरूले नदीनालाहरूमा तामाबाट बनेका सिक्काहरू फाल्ने गर्थे ।

निधारमा टीका, तिलक र कुमकुम लगाउनु

निधारमा आँखीभौँ बीचको भागलाई शरीरको मुख्य स्नायु विन्दुको रूपमा लिइन्छ । तिलकलाई शक्तिनाशक प्रतिरोधकको रूपमा लिइन्छ । आँखीभाँैबीच लगाइने रातो कुमकुमलाई शरीरको शक्तिलाई सञ्चय गर्ने र विभिन्न तहको एकाग्रतालाई सन्तुलन राख्ने प्रतीकको रूपमा लिइन्छ । कुमकुम लगाउँदा निधारको मध्य भाग र आद्य चक्र स्वतः चापमा पर्छन् । साथै यसले अनुहारमा रक्त प्रवाह गर्न पनि सहयोग गर्छ ।

मन्दिरहरूमा घन्टी बजाउनु

आगम शास्त्र अनुसार खराब तथा शैतानिक शक्तिहरू भगाई सुखद् र आनन्दित वातावरण बनाउनका लागि मन्दिरको प्रांगणमा घन्टी बजाइन्छ । वैज्ञानिक कथनअनुसार घन्टीले हाम्रो दिमागलाई शान्त बनाउँछ र भक्तिभावका लागि एकाग्र बनाउन सहयोग गर्दछ । मन्दिरमा राख्ने घन्टी यसरी बनाइएको हुन्छ कि जब यसले ध्वनी र तरंग उत्पन्न गर्दछ, यसले दिमागको दायाँ र बायाँ दुवै भागलाई एकतामा ल्याई एकाग्रता हुन सहयोग गर्दछ । मन्दिरमा यस्ता घन्टीहरू बजाउँदा सामान्यता तीखो तथा गुञ्जायमान ध्वनी उत्पादन गर्दछ जसको प्रतिध्वनी ७ सेकेन्डसम्म गुन्जिने गर्दछ । यसरी गुन्जिने प्रतिध्वनी हाम्रो शरीरको ७ उपचारक विन्दुहरूलाई उत्तेजित बनाउनका लागि धेरै असल मानिन्छ । यसले शरीरको नकारात्मक ऊर्जाहरूलाई उन्मुलन गर्न सहयोग गर्दछ ।

हातखुट्टामा मेहन्दी लगाउनु

मेहन्दीलाई एक विशेष हर्बल औषधिको रूपमा लिइन्छ । मानिसको जीवनमा विवाह एक एकदम उत्साहित तथा तनावको अवसरमा लिइने गर्दछ । जब विवाहको दिन नजिकिन थाल्दछ, नव दुलाहा तथा दुलहीहरूलाई नौलो उत्साह तथा उमंगहरू शरीरको स्नायु प्रणालीमा तरंगित हुन थाल्दछ जसले गर्दा तनाब उत्पन्न भई टाउको दुख्ने, ज्वरो आउने पनि हुन सक्दछ । तसर्थ, विवाहको अवसरहरूमा महिलाहरूको हातखुट्टामा मेहन्दी लगाउने गरिन्छ जसले गर्दा तनावबाट उत्पन्न हुने नकारात्मक ऊर्जालाई नियन्त्रण गर्न एवं दिमागलाई शान्त पार्न सहयोग गर्दछ । हात र खुट्टा स्नायु प्रणालीको अन्तिम बिन्दुको रूपमा लिइन्छ ।

भुइँमा बसेर भोजन गर्नु

भुइँमा बसेर खाना खानु भनेको सुखासन आसनमा बसेर खाना खानु हो । सुखासन अर्थात अर्ध पद्मासनमा बस्दा खुट्टाहरू एकआपसमा क्रस हुने गर्दछ, जसले चेतनामा शान्ति छाएको अनुभूति हुन्छ र पाचन प्रक्रियालाई सहयोग पु¥याउँछ । तसर्थ भुइँमा बसेर भोजन गर्दा दिमागमा सिधा सन्देश पु¥याई खाएको खानाहरूलाई सजिलै पचाउन सहयोग गर्दछ भन्ने विस्वास गरिन्छ ।

चरणस्पर्श (ढोग गर्नु)

चरणस्पर्श तथा ढोग प्रायः धर्मगुरु वा आपूmभन्दा ठूलालाई आदर स्वरूप गरिन्छ । जब आदरणीय गुरु तथा सदस्यहरूले श्रद्धाले दिएको अहंकारविहीन चरणस्पर्श तथा ढोगलाई स्वीकार गरिन्छ, तिनीहरूको मनबाट सकारात्मक विचार एवं ऊर्जा (जसलाई करुणा भनिन्छ) उत्पादन हुन्छ जुन हात तथा पाउमार्फत चरण स्पर्शकर्तातर्पm प्रसारण हुन्छ । यसरी चरण ढोग गर्दा दुई अन्तर आत्माहरू एकआपस जोडिन्छ र अध्यात्मिक तथा कस्मिक ऊर्जाहरू धर्मगुरु वा आदरणीय सदस्यबाट प्रसारित हुन्छ । स्नायु प्रणाली अनुसार दिमागबाट निस्केका नसाहरू शरीरको विभिन्न भागहरूमा पुगेका हुन्छन् । शरीरको हात र खुट्टाहरू स्नायु प्रणालीको अन्तिम विन्दुहरू मानिन्छन् । हात मिलाउँदा र अंगालो मार्दा पनि उस्तै खालको ऊर्जाहरू एकआपसमा प्रसारण हुने गर्दछ । जब हात वा खुट्टाका औँलाहरू अर्को शरीरको हात वा खुट्टामा छुन्छ, एककिसिमको सर्किट बन्छ र दुई शरीरको अन्तरआत्माहरू जोडिन्छ । चरणस्पर्श गर्दा ढोग्नेको हात तथा औँलाहरू ऊर्जा प्राप्तकर्ता व्यक्ति हुन्छ भने अर्कोको पाउ ऊर्जा प्रदान गर्ने व्यक्तिको रूपमा चित्रित हुन्छन् ।

विवाहित महिलाहरूले सिन्दुर लगाउनु

सिन्दुर बेसार र पारोको समिश्रणबाट बनाइएको हुन्छ । पारोको अन्तर्निहीत गुणले रक्तचापलाई नियन्त्रण गर्नु साथसाथै यौन चाहना उत्प्रेरण गर्ने गर्दछ । यसै कारणले गर्दा बिधवा तथा अविवाहित महिलाहरूलाई सिन्दुर लगाउन वर्जित गरिएका हुन् । सिन्दुरलाई शरीरको यस्तो भागमा लगाइन्छ जहाँ महिलाहरूको अनुभूतिहरू केन्द्रित हुन्छन् । पारोले हाम्रो शरीरको तनाव कम गर्न पनि यथेष्ट सहयोग गर्दछ ।

उत्तर दिशामा टाउको पारेर नसुत्नु

उत्तर दिशामा टाउको राखेर सुत्दा भूत तथा मरेका मानिसहरूलाई आमन्त्रित गर्नु भन्ने जनविश्वास पाइन्छ । वैज्ञानिक कथनअनुसार मुटुको रक्त प्रवाहको कारण मानिसको आफ्नै चुम्बकीय क्षेत्र हुन्छ जसलाई मुटुको चुम्बकीय क्षेत्र पनि भनिन्छ । पृथ्वीको आफ्नै घना चुम्वकीय क्षेत्र छन् । जब हामी टाउको उत्तर दिशातर्पm फर्काएर सुत्ने गर्दछाँै, शरीरको चुम्बकीय क्षेत्र र पृथ्वीको चुम्बकीय क्षेत्रबीच अमिल्दो प्रतिक्रिया हुन्छ जसले गर्दा शरीरको रक्तचापमा समस्या आउँछ, मानिसको मुटुले पृथ्वीको चुम्बकीय ऊर्जाको अनुपातमा आउन सामान्यभन्दा कडा परिश्रम गर्नुपर्ने हुन्छ । अर्को कुरा, हाम्रो रगतमा यथेष्ट मात्रामा फलामको अणुहरू रहेको हुन्छ, उत्तरतर्फ टाउको राखेर सुत्दा शरीरमा रहेका सम्पूर्ण फलामका कणहरू दिमागमा जम्मा हुन जान्छ, फलस्वरूप टाउको दुख्नेलगायत थुप्रै दिमागी रोगहरू निम्तिने हुन्छ ।

कान छेड्नु

हिन्दू परम्परामा कान छेड्नुलाई एक विशेष क्रियाको रूपमा लिइन्छ । थुप्रै सिकित्सक तथा मनोवैज्ञानिकको विश्वासअनुसार कान छेड्नाले मानिसको सोचाइ शक्तिमा वृद्धी हुने, निर्णय गर्न सक्ने र बौद्धिक क्षमता बढ्ने गर्दछ । वाकक्षमताले मानवीय ऊर्जालाई नष्ट हुनबाट बचाउँछ । यसर्थ कान छेड्नाले वाकक्षमता सन्तुलन कायम राख्न सहयोग गर्दछ । यसले कानको भित्री भागहरूमा आउने विकारहरूलाई रोक्न पनि सहयोग गर्दछ । हिजोआज पश्चिमेली सभ्यतामा पनि कान छेड्ने चलन फेसनको रूपमा फैलिँदै गएको देख्न पाइन्छ ।

व्रत बस्नु
व्रत बस्नुको औचित्य तथा सिद्धान्तहरू आयुर्वेदमा पाइन्छ । सामान्यतः विभिन्नखाले बिरामीहरूको मूल कारण खाएको खाना पाचन प्रक्रियामा शरीरभित्र थुप्रिएको विषाक्त पदार्थहरू हुन् । नियमित रूपमा शरीरभित्र थुप्रिएका विषाक्त पदार्थहरूको सरसफाई गर्न सके स्वस्थ रहन सकिन्छ । यसर्थ, व्रत बस्दा पाचन प्रक्रियामा भाग लिने अंगहरूले आराम पाउँछ र थुप्रिएका विषाक्त पदार्थहरू पचाउन सहयोग गर्दछ । आयुर्वेद अनुसार शरीरमा ८ सय ५ तरल पदार्थ रहेको हुन्छ भने २ सय ५ मात्र ठोस पदार्थ रहेको हुन्छ । पृथ्वी, चन्द्रमाको गुरुत्वाकर्षण शक्तिजस्तै मानिसको शरीरमा पनि यस्ता गुरुत्वाकर्षण शक्तिले प्रभाव पारेको हुन्छ, जसअनुरूप शरीरमा भावनात्मक असन्तुलन, तनाव हुने, चिढिने, उग्र तथा हिंसात्मक स्वभाव हुने गर्दछ । व्रत बस्नाले यस्ता विषम परिस्थितिहरूको रोकथाम हुने, शरीरमा एसिडको मात्र कम गर्ने गर्दछ फलस्वरूप मानिसहरूमा यस्ता मानसिक सन्तुलन कायम गर्न सहयोग गर्दछ । थुप्रै अनुसन्धानको नतिजा अनुसार क्यालोरी खपत कम गर्न तथा क्यान्सर, मधुमेह, स्नायु रोगहरू, प्रतिरोधक क्षमता ह्रासजस्ता रोगहरूबाट मुक्ति पाउन नियमित व्रत बस्नु फाइदाजनक छन् ।

पीपलको रुखलाई पूजा गर्नु

पीपल मात्र एक यस्तो रुख हो जसले दिउँसो मात्र होइन, राती पनि अक्सिजन दिने गर्दछ । पीपलको यही गुण भएको कारणले गरेर हाम्रा पुर्खाहरूले पीपलको रुखलाई देवता र धर्मसँग जोडेर पूजा गर्ने गरेका हुन् ।

तुलसीको बोटलाई पूजा गर्नु

तुलसीलाई हिन्दूधर्म अनुसार विविध कथाहरू पाइन्छन् । वैज्ञानिक तथ्य अनुसार तुलसी मानवीय जीवनको लागि एक अत्यावश्यक सञ्जीवनी हो । तुलसीमा उपचारका लागि चाहिने यथेष्ट गुणहरू पाइन्छन् । तुलसी एक प्रभावकारी एन्टीबायोटिकको रूपमा लिइन्छ । हरेक दिन तुलसीलाई चियासँग खाँदा यसले शरीरको प्रतिरक्षा शक्ति बढाउँछ, रोगहरू लाग्नबाट बचाउँछ, स्वास्थ्यलाई सन्तुलित र शरीरलाई सबल राख्दै दीर्घायु राख्न सहयोग गर्दछ । घरआँगनमा तुलसीको बोट रोप्दा लामखुट्टे, किराहरूले घरमा प्रवेश पाउनबाट रोकथाम गर्दछ । तुलसीको अगाडी सर्पहरू सामान्यतः आउँदैनन् । यस्तै विविध कारणहरूले गर्दा हाम्रा पुर्खाहरूले घरअगाडि तुलसी रोपेर पूजा गर्ने बानी बसालेको देखिन्छ ।

मूर्ति पूजा गर्नु

मनोवैज्ञानिक कथन अनुसार मानिसहरू आपूmले जे देख्छन्, त्यहीअनुसार उसका विचार तथा सोचाइहरूले आकार लिन्छन् । आफ्नो सामु अलगअलग ३ वस्तुहरू भएता पनि आपूmले जे हेरिरहेको हो, त्यहीअनुसार उसका सोचाइहरू परिवर्तित हुन्छन् । सोहि अनुरूप मानिसहरू आफ्नो धार्मिक आस्थाप्रति एकत्रित गर्न गराउन आफ्नो धर्म अनुरूप मूर्तिहरू स्थापना गरेका हुन्छन् । मूर्तिहरूलाई एकचित्तले शान्त भएर पूजा गर्दा मनलाई एकाग्रतामा ल्याई मानसिक विचलित नभई आआफ्नो धार्मिक आस्थाअनुसार आध्यात्मिक ऊर्जा प्राप्त गर्न सकिन्छ ।

महिलाहरूले चुरा लगाउनु

नाडी नियमति उत्तेजित भइरहने शरीरको भाग हो । डाक्टरहरूले प्रायः मुटुको धड्कन जाँच्नुपर्यो भने नाडी नै छाम्छन् । महिलाहरूले नाडीमा लगाउने चुराले नियमित घर्षण गराइरहन्छ र रक्तसञ्चार प्रक्रिया प्रवाह बढाउन सहयोग गर्दछ । प्रायः गृहिणी महिलाहरू बिहानबेलुकाबाहेक अन्य समयमा निष्क्रिय रहने हुनाले चुरा लगाउनाले रक्त प्रवाह नियमित गर्न गराउन चुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छन् । साथै, चुरा गोलाकार भएको हुनाले शरीरमा उत्पन्न हुने विद्युतीय ऊर्जालाई खेर जानबाट रोक्न र शरीरमै फर्काउन पनि चुरा लगाउनाले सहयोग पुर्याउँछ ।

मन्दिर घुम्न जानु

प्रायः प्राचीन मन्दिरहरू उत्तर–दक्षिण ध्रुवबाट सृजित चुम्बकीय र विद्युतीय तरंगहरू यथेष्ट मात्रामा प्रवाहित हुनेगरि बनाइएको हुन्छ । मन्दिरभित्र मूर्ति राखिएको मुख्य केन्द्र जसलाई गर्भगृह वा मूलस्थान भनिन्छ । सामान्यतः मूर्ति राखीसकेपछि मात्र मन्दिर स्थापना गरिन्छ । मूर्ति प्रतिस्थापन गर्दा मूर्तिको गर्भगृहमा वैदिक श्लोकसहित तामाका पाताहरू राखिएको हुन्छ जसले पृथ्वीको चुम्बकीय तरंगहरू एकत्रित संकलन गरी मन्दिर वरपर चुम्बकीय तरंगहरू प्रसारण गर्दछ । जसको कारण आममानिसहरू मन्दिरलाई घडीको सुई घुम्ने सुल्टो दिशाबाट घुम्दा ती चुम्बकीय तरंगहरू मानिसको शरीरले ग्रहण गर्छ । यो एक अदृश्य र ढिला प्रवाह हुने प्रक्रिया हो । यसर्थ, नियमित रूपमा मन्दिरहरूमा सुल्टो दिशाबाट घुम्दा शरीरले यथेष्ट सकारात्मक ऊर्जा प्राप्त हुन्छ । वैज्ञानिक कथनअनुसार स्वस्थ जीवनका लागि सकारात्मक ऊर्जाहरू अत्यावश्यक हुन्छन् ।

अनुहारमा बेसार लगाउनु

बेसार एक प्राकृतिक एवं आयुर्वेदिक जडीबुटी हो । बेसारलाई सबैभन्दा राम्रो एन्टिसेप्टिक ओखतीको रूपमा लिइन्छ । अनुहारमा बेसार लगाउनाले अनुहारमा टाँसिएर बसेका सबैखाले किटाणुहरूलाई नष्ट गर्ने गर्दछ । साथै, बेसार लगाउनाले अनुहारमा रहेका सबैखाले फोहोरहरू सोसेर लिने गर्दछ र छालालाई चम्काउने गर्दछ ।

विवाह उत्सव र पूजाहरूमा आगो बाल्नु

धेरैजस्तो उत्सवहरूमा होम गर्ने, सुकुन्दा बाल्ने चलन रहेको पाइन्छ । आगोले उत्सव वरपर रहेका नकारात्मक ऊर्जाहरूलाई नष्ट गर्ने र सकारात्मक ऊर्जाहरू थप्ने कार्य गर्दछ । यसरी आगो बाल्दा विभिन्न खाले पदार्थहरू काठ, घ्यु, तेल, अन्न, जडीबुटीहरू प्रयोग गर्ने गरिन्छ । यसरी बालिएको आगोबाट उत्पन्न हुने धुवाँले हावामा रहेको किटाणुहरूलाई नष्ट गर्दै वायु प्रदूषण कम गर्ने गर्दछ र सामाजिक अवसरहरूमा सहभागी हुने मानिसहरू, दुलाहादुलहीलाई स्वस्थ रहन सहयोग गर्दछ ।

ओम मत्र जप्नु


ओम मन्त्र जप्नाले रक्तचाप कम गर्ने र मुटुको धड्कन नियन्त्रण गर्ने गर्दछ । लामो सास तानेर ओम मन्त्र जप्दा यसले चेतनामा सतर्कता धेरै सुधार आउँछ र मनलाई एकत्रित गर्न सहयोग गर्दछ ।

प्रार्थना गर्दा गायत्री मन्त्र जप्नु

गायत्री मन्त्र जप्दा प्रतिसेकेन्ड करिब १ लाखभन्दा बढी विभिन्न खाले तरंगहरू पैदा गर्दछ । अनुसन्धानकर्ताहरूको निक्र्याैलअनुसार गायत्री मन्त्रबाट सिर्जित तरंगहरू शरीर तथा स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । सूर्योदयभन्दा अगावै दैनिक ९० मिनेट गायत्री मन्त्र जप्ने हो भने यसले स्वास्थ्यलाई अत्यन्तै फाइदा गर्दछ ।

संकलक : नन्दनप्रसाद सापकोटा

प्रतिक्रिया