सेयर बजारमा गिरावट, १ अर्ब ४७ करोडको कारोबार

काठमाडौं । बुधबार ६० अंक बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार २०६२ अंकमा झरेको छ । बुधबार बन्द हुँदा २०८० मा रहेको नेप्से बिहीबार पौने १२ बजे २११५ अंकसम्म पुगेको थियो । त्यसपछि केहीबेर उतारचढाव हुन थाल्यो भने सवा १२ बजेपछि ओरालो लाग्न थाल्यो । अन्तत: नेप्से अघिल्लो दिनको तुलनामा १७.५८ अंक घट्यो । सो अंकको गिरावटपछि नेप्से २०६२ अंकमा झरेको छ ।

१ अर्ब ४७ करोड रुपैयाँको कारोबार भयो । सबै उपसमूह घटेका छन् । बैंकिङ ५, विकास बैंक ७३, फाइनान्स ३६, होटल तथा पर्यटन ३९, जलविद्युत ४०, जीवन बीमा २८, उत्पादन ४९, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ७८, अन्य २४ र ब्यापार उपसमूह १२ अंकले घटेका छन् । कारोबार भएका कुल ३१ कम्पनीको मूल्य बढ्दा १६० को घट्यो भने ५ को स्थिर रह्यो । उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, हिमालयन डिस्टिलरी, अरुणकाबेली, एसियन लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स क्रमिक रुपमा अगाडि रहे ।

प्रतिक्रिया