रामकृष्ण ढकालकाे ‘म हराएँ मनमनैमा’ (भिडियाे)

काठमाडौं । गायक रामकृष्ण ढकाल नयाँ गीत लिएर बजारमा आएका छन् । उनको स्वरमा पछिल्लो पटक ‘म हराएँ मनमनैमा’ बोलको गीत सार्वजनिक भएको हो । रोमान्टिक शैलीको सार्वजनिक गीत सन्तोष भट्टराईले लेखेका हुन् । गीतमा हरी लम्सालको संगीत र सुरज श्रेष्ठको संगीत संयोजन सुन्न सकिन्छ ।

पर्यटकीय क्षेत्र मुस्ताङमा छायांकन भएको गीतको भिडियोमा गरिमा शर्मा र दिपेश ढकालले अभिनय गरेका छन् ।

गीतको म्युजिक भिडियो सुब्रत आचार्यले निर्देशन गरेका हुन् ।
भिडियोमा साइब्रत आचार्यको स्टोरी बोर्ड, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन रहेको छ । गीतको क्रियटिभ हेड जया शर्मा हुन् ।

प्रतिक्रिया