नुवाकोट बेलकोटगढीमा गठबन्धन विजयी

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्र र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बेलकोटगढीको मेयरमा माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर गुरुङ निर्वाचित भएका छन् भने उपमेयरमा कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहाल विजयी भएका हुन् । निर्वाचन आयोगका अनुसार बेलकोटगढी नगरपालिकाको मेयरमा निर्वाचित माओवादी केन्द्रका उम्मेदवार गुरुङले १३ हजार २ सय २२ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार राजेन्द्र रमण खनाललाई ५ हजार ९ सय ४८ मतान्तरले पराजित गरेका हुन् । पराजित खनालले ७ हजार २ सय ७४ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा निर्वाचित कांग्रेसका उम्मेदवार दाहालले १० हजार ७ सय ६६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार रुपा सापकोटाले ७ हजार २ सय ७४ मत ल्याएकी छन् ।

नुवाकोटको बेलकोटगढीमा सरकारमा रहेका दलहरूबीच गठबन्धन भएको थियो । नगरपालिकाका मुख्य पदमा माओवादी र कांग्रेसले भागबण्डा गरेर उम्मेदवार चयन गरेका थिए ।

प्रतिक्रिया