कुमारी बैंकद्वारा बृद्ध भत्ता वितरण

काठमाडौ । कुमारी बैंक लिमिटेडले ग्राहकको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पु¥याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पु¥याउने कार्य गरेको छ ।

नेपालको विकट स्थानमा रहेको गोरखाको चुम्नुब्री क्षेत्रमा सडकको पहुँच नभएकोले ७० वर्षभन्दा माथिका वृद्ध–वृद्धाले आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई देखि तीन दिनको बाटो हिँड्नुपर्ने बिषयलाई मध्यनजर गर्दे बैकले काठमाडौंदेखि चुम्नुब्रीसम्म हेलिकप्टर चार्टर गरी वृद्धभत्ता पु¥याउने कार्य सम्पन्न गरेको हो ।

बैंकका व्यापार समन्वय विभागका प्रमुख रोहित सिंहको नेतृत्वमा ३ जनाको टोलीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगद पु¥याउने कार्य गरेको थियोे । गोरखाको चुम्नुब्रीमा नै आयोजित कार्यक्रममा रोहित सिंहले भने,‘आफ्ना ग्राहकका लागि चौर्तर्फी रूपमा सेवा–सुविधा पुगोस भनीे सो आयोजना गरेका छौं ।’
मुलुकभर १ सय ९७ शाखा–संजाल, १ सय ७७ एटिएम, ४२ शाखारहित बैंकिंग इकाई तथा १६ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएकोमा बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको पनि उल्लेख छ ।

प्रतिक्रिया