कुमारी बैकबाट ट्राफिक जरीवाना भुक्तानी सुविधा

काठमाडौ । कुमारी बैंक लिमिटेडसँगको सहकार्यमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कार्यालयसंग सम्बन्धित शुल्क तथा जरिवाना बैंकको क्यु.आर.प्रणालीबाट शीधै भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले विधिवत रुपमा सेवा सञ्चालन गरेका हुन । कार्यक्रममा आप्mनो मन्तव्य राख्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले गृह प्रशासनलाई डिजिटलाइज गर्ने नेपाल सरकारको कार्ययोजना सफल बनाउन यस प्रणालीको सुरुवातले सहयोग पुगेको बताए ।


यो सेवाको शुरुवातले अब विना नगद तथा झन्झट सेवाग्राहीले छोटो समयमा नै आफ्नो काम सम्पन्न गरी सेवा प्राप्त गर्न सकिने तथा राजस्व संकलनमा सहज हुने विश्वास व्यक्त गरीएको छ । यसैबीच बैंकका डिजिटल बैकिग विभागका प्रमुख अनिश ताम्राकारले समयको परिवर्तन संगै प्रविधिमैत्री सेवा विस्तार गर्न बैंक अगाडि बडिरहने बताए । डाइनामिक क्युआर प्रविधिबाट राजस्व संकलन गर्ने प्रणालकिो शुरुवात एउटा नयाँ आयाम भएको विचार व्यक्त गर्दै आगामी दिनमा अन्य कार्यालयबाट पनि यस प्रकारका सेवा सुचारु गरिने पनि उनले बताए ।


कार्यक्रममा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले जुनसुकै बैकमा रहेको खाताबाट क्यु.आर.स्क्यान गरी सुरक्षित डिजिटल प्रणालीबाट भुक्तानी गर्न सकिने सुविधा यस प्रणालीमा रहेको बताए ।

प्रतिक्रिया