नबिल बैंकलाई नेसनल एचआर एक्सेलेन्स अवार्ड

काठमाडौं । नबिल बैंकले नेसनल एचआर एक्सेलेन्स अवार्ड प्राप्त गरेको छ । ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट–२०२२ अन्तर्गत यो अवार्ड नबिल बैंकले प्राप्त गरेको हो सो बैंकले जनाएको छ । यसैगरी, ग्रोथ सेलर मानव संशाधनमा परामर्श गर्ने कम्पनी भएको सो बैंकले जनाएको छ ।

बैंकभित्र रहेको मानव संशाधनलाई बैंकले सन्तुष्ट हुनेगरी व्यापक सदुपयोग गरी काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको सो बैंकले जनाएको छ । कर्मचारीहरूको बैंकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ । सो अवार्ड नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मी, प्रमुख मानव संशाधन अधिकृत रोशन कोइरालालगायत मानव संसाधन विभागका कर्मचारीहरूले ग्रहण गरेका थिए ।

प्रतिक्रिया