नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेसबीच सम्झौता

काठमाडौ । नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ । एक कार्यक्रमकाबीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डन र नेपाल एसबीआईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देवले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।


यो सम्झौताअनुसार नेपाल एसबीआई बैंकको रेमिट्यान्स सिस्टमबाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५ हजारभन्दा बढी सहायक प्रतिनिधिमार्फत भुक्तानी हुनेछ र यस्तै, सिटी एक्सप्रेसमार्फत आएको रेमिटेन्स नेपाल एसबीआई बैंकको सम्पूर्ण शाखाबाट भुक्तानी गर्ने सम्झौता भएको छ । सो सम्झौतामार्फत सम्पूर्ण देश तथा विदेशमा रहेका ग्राहकले सहज र सुलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सक्ने बताइएको छ

प्रतिक्रिया