आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक आइतबारलाई सर्यो

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक आइतबार बस्ने गरी सारिएको छ ।

सरकारका तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो ।

कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबारका लागि सारिएको थिथो ।

प्रतिक्रिया