युद्धको झल्को दिने बिहीबारको बानेश्वर (फोटोफिचर)

काठमाडौं । एमसीसीको विपक्षमा प्रदर्शनमा उत्रिएका र सुरक्षाकर्मीबीचको झडपले नयाँ बानेश्वरलाई युद्ध मैदानको झल्को दिएको छ ।

बिहीबार दिउँसो बस्ने प्रतिनिधिसभाबाट एमसीसी पास गर्न लागेको भन्दै प्रदर्शनमा उत्रिएका र उनीहरुलाई रोक्न खोजेका सुरक्षाकर्मीबीचको झडपले बानेश्वर क्षेत्रलाई युद्ध मैदानको झल्को दिएको हो ।

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेका थिए भने सुरक्षाकर्मीले केही सेल अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेका थिए । प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएपछि प्रदर्शनकारीहरू फर्किएका छन् ।

प्रतिक्रिया