आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । उक्त बैठक आज दिउँसो १ बजेका लागि निर्धारित गरिएको थियो ।

सरकारको आग्रहमा बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मको लागि सारिएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

आज बोलाइएको बैठकमा एमसीसीबारे छलफल गर्ने तयारी थियो । तर, बस्दै नबसी सूचना टाँसेर शुक्रबारसम्मका लागि स्थगित गरिएको हो । ‘सरकारको आग्रहमा आजको बैठक स्थगित गरिएको छ, अब भोलि दिउँसो १ बजे बस्नेछ,’ जसपा प्रमुख सचेतक प्रमोद शाहले बताए ।

प्रतिक्रिया