प्रतिनिधिसभाको बैठक सुरु हुन ढिलाइ

काठमाडौं । राजनीतिक छलफल कायमै रहेकाले प्रतिनिधिसभाको आजको बैठक समयमा सुरु हुन सकेको छैन । आज दिउँसो १ बजेका लागि निर्धारित बैठक १ः३० बजेसम्म सुरु हुने संकेत देखिएको छैन ।

आजको बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा सैद्धान्तिक छलफल गर्नेलगायत कार्यसूची छ । कार्यसूचीबारे सभामुख अग्निप्रसाद सापकोटाले बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सो प्रस्तावमा सत्ता गठबन्धनमा सामेल दलहरु बीचमै समान धारणा नहुँदा नियमित कार्यसूचीमा प्रवेश गर्न कठिनाइ भइरहेको छ । एमसिसीको विरोधमा नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया