यस वर्षको एसईई आगामी बैशाखमा गर्ने तयारी

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी बैशाखमा सञ्चालन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी बैशाखको पहिलो साता परीक्षा गर्ने तयारी गरेको स्पष्ट पारेको छ । आगामी बैशाखको सुरुमा परीक्षा सञ्चालन हुने बताउँदै बोर्डले परीक्षा तालिका केही दिनभित्रै सार्वजनिक गर्ने जानकारी दिएको छ । कोरोनाका कारण शैक्षिक सत्र केही ढिला सुरु भएकाले पनि परीक्षा सारिएको बोर्डको भनाइ छ ।

आगामी चैतमा शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदका लागि लिखित परीक्षा सञ्चालन गर्न लागेकाले एसईई केही पछि सार्नु परेको जनाइएको छ । विगतमा मंसिरमा परीक्षा तालिका सार्वजनिक गरी चैतमा परीक्षा सञ्चालन गरिन्थ्यो । कोभिड–१९ का कारण गएका दुई वर्षमा बोर्डले परीक्षा सञ्चालन हुन सकेन ।

प्रतिक्रिया