कांग्रेसको महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

काठमाडौं । १४औँ महाधिवेशनअन्तर्गत नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका गगनले सबैभन्दा बढी ३०२३ मत ल्याएर महामन्त्रीमा विजयी भएका हुन् ।

त्यस्तै प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शशर्माले पनि १९८४ मत ल्याएर दोस्रो स्थानमा महामन्त्रीमा विजयी भएका छन् । तर, निर्वाचन समितिले भने मत परिणामको औपचारिक घोषणा गर्न बाँकी रहेको जनाएको छ ।

त्यसैगरी महामन्त्रीकै अन्य उम्मेदवार प्रकाशशरण महत १५५६ मतसहित तेस्रो स्थानमा रहेका छन् भने प्रदीप पौडेल १३९३ मतसहित चौथो स्थानमा सीमित रहेका छन् । त्यस्तै डा. मिनेन्द्र रिजालले ८०९ मत प्राप्त गरे भने डा. राजाराम कार्कीले १०६ मतमा मात्रै रोकिएका छन् ।

यसैबीच मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका छन् । महामन्त्रीको प्रारम्भिक मतपरिणाम आएसँगै उनले राजीनामा घोषणा गरेका हुन् ।

प्रतिक्रिया