करिश्माले २.४१ जीपीएसहित पास गरिन् १२ कक्षा

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ परीक्षा उत्तीर्ण गरेकी छन् । शुक्रवार दिउँसो राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार उनले २.४१ जीपीएसहित परीक्षा उत्तिर्ण गरेकी हुन् ।

आफूले अपेक्षा गरे अनुसारकै नतिजा आएकोले आफू सन्तुष्ट रहेको उनले बताएकी छन् । कोरोनाका कारण उनको पढाइ प्रभावित भएको थियो ।

सानै उमेरदेखि सक्रिय रुपमा अभिनयमा लागेकाले उनले आफ्नो पढाइलाई निरन्तरता दिन सकेकी थिइनन् । ४० वर्षको भएपछि कक्षा ८ बाट फेरि पढ्न सुरु गरेकी करिश्माले अब भने पढाइलाई निरन्तरता दिने बताएकी छन् । १२ कक्षाको नतिजा आएसँगै करिश्मालाई उनका शुभचिन्तकले विभिन्न माध्यमद्वारा बधाई दिइरहेका छन् ।

प्रतिक्रिया