गुल्मीमा जिप दुर्घटना हुदाँ ३ जनाको मृत्यु, ६ घाइते

काठमाडौं । बुटवलबाट तम्घास जादैँ गरेको जिप गुल्मीको रेसुंगा नगरपालिकामा दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । लु १ ज ४४९० नम्बरको जिप गएराति ११ बजेतिर रेसुंगा नगरपालिका– १० छहरा भन्ने स्थानमा सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा जिप चालकसहित ६ जना घाइते भएका छन् ।

लु १ ज ४४९० नम्बरको जिप सडकबाट ५ सयम मिटर तल खसेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गुल्मी मुसिकोट ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षीया राधिका थापा र १० वर्षकी संगिता सुनार रहेको प्रहरीले पुष्टि गरेको छ ।

प्रतिक्रिया