एमालेमा ७० वर्षे उमेरहद कायमै, सबै पदाधिकारी निर्वाचित हुने प्रस्ताव

काठमाडौं । नेकपा एमालेले ७० वर्षको हदम्याद कायम राखेको छ । आइतबारको स्थायी कमिटी बैठकमा प्रस्तुत दस्ताजबेजमा उमेरहद कायम राखिएको छ । त्यस्तै एमालेको अध्यक्षसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव लगायतका सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने छन् । यसअघि अध्यक्ष मात्रै चुन्ने प्रस्ताव अघि सारिएको थियो ।

एमालेको विधान महाधिवेशन असोज १५–१७ गतेसम्म हुँदैछ । त्यसै महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजको प्रस्तावमा छलफल सुरु भएको छ । आजको स्थायी कमिटी बैठकमा राजनीतिक, सांगठनिक र विधानको दस्ताबेज प्रस्तुत भएको छ । आजको बैठकमा केही सदस्यहरूले आफ्नो धारण राखेका छन् भने बाँकी सदस्यहरूले भोलि सुझाव प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया