ललितपुर । दुबै मृगौलामा समस्या भएर उपचाररत कास्की अन्नपुर्ण गाँउपालिकाका ३४ वर्षीय सुर्यबहादुर गुरुङलाई अर्थिक सहयोग गरिएको छ । उनलाई अमेरिका निवासी समाजसेवी तथा युवा व्यवसायि टेक गुरुङ र अर्का समाजसेवी सुशिलकुमार क्षेत्रीले सहयोग प्रदान गरेका हुन । अमेरिका निवासी अन्य सहयोगी मनहरुको सहयोगमा निदान अस्पतालमा उपचाररत गुरुङलाई २ लाख रुपैया सहयोग प्रदान गरिएको बताइएको छ । मृगौला पीडित असहाय संरक्षण केन्द्रका अध्यक्ष सुनिलकुमार क्षेत्रीले उक्त रकम अस्पतालमै पुगेर हस्तान्तरण गरे ।
ललितपुरको कुसुन्ती बस्दै आएका सुर्यबहादुर गुरुङको २८ बर्षकै उमेरमा मृगौलामा समस्या आएको थियो । दुबै मृगौला फेल भएको थाह भएपछि तत्कालिन समयमा आफ्नै बुबाको मृगौला प्रत्यारोपण गरिएकोमा ६ बर्षको अन्तरालमा पुन उनको मृगौला फेल भएको र हाल आफ्नै दिदीको मृगौला प्रत्यारोपण गर्ने तयारी गरिएको बताइएको छ ।
मृगौला पीडित असहाय संरक्षण केन्द्रका संस्थापक अध्यक्ष सुनिलकुमार क्षेत्रीको पहलमा उनलाई सहयोग गरिएको हो । मृगौला पिडितहरुलाई आर्थिक सहयोग गराउने हेतुले स्थापना भएको उक्त संस्थाले मृगौला पिडितहरुका लागि बिभिन्न समयमा सहयोग उपलब्ध गराउदै आएको संस्थाका अध्यक्ष क्षेत्रीले बताए । संस्थाका अध्यक्ष सुनिलकुमार क्षेत्रीले बिभिन्न समयमा सहयोग गर्दै आएका छन । एसिड पिडित, क्यान्सर पीडित, अशक्त तथा लकडाउनका बेला समस्यामा परेका विपन्न बर्गका ब्याक्तिहरुलाई खुलेर सहयोग गर्दै आएका छन । हाल उनी मृगौला पीडितहरुका लागि पनि सहयोग गर्दै आएका छन ।
प्रतिक्रिया