रावा बैकको कोभिडबाट प्रभावित ग्राहकलाई छुट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा कोभिडबाट प्रभावित ग्राहकलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । हाल विश्वव्यापी रूपमा देखापरेको कोभिडबाट प्रभावित उद्योग व्यवसायको पूनरुत्थानको लागि नेपाल सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विभिन्न नीतीगत सहूलियतका कार्यक्रम ल्याएको र यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले जारी गरेको परिपत्र अनुसार प्रोत्साहनस्वरूप ब्याजदर वा ब्याज रकममा छुुट प्रदान गर्न लागिएको हो ।

हाल कोभिड रोकथाम तथा नियन्त्रण गर्नको लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीको विषम परिस्थतिका कारण कर्जा ग्राहकको व्यावसायिक कारोवार बन्द रहेको तथा कर्मचारी कामदारहरूको रोजगारी गुमेको कारण नगद प्रवाहमा प्रतिकूल असर परेको छ ।

यसले गर्दा ग्राहकहरूले नियमितकर्जा भुक्तानी गर्न समस्या हुने देखिएको हुुँदा ग्राहकलाई ब्याज रकममा छुुट प्रदान गर्दा कर्जा भूक्तानी गर्न सहज हुने तथा व्यवसायको निरन्तरता एवं पुनरुत्थानमा सहयोग पुग्ने अपेक्षा गरी असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने कोभिडबाट प्रभावित ग्राहकलाई निजहरूले बुझाउने प्रचलित ब्याज रकमको १० प्रतिशत रकम छुट प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया