सिन्धुपाल्चोकमा भीषण बाढी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा लगातार परेको वर्षाका कारण आएको बाढीले हेलम्बु, मेलम्चीलगायतका बजारमा जोखिममा पारेको छ । बेलुकातिरबाट परेको वर्षाका कारण मेलम्चीमा ठूलो बाढी आएको बताइएको छ ।

मेलम्ची नजिकै रहेको सशस्त्र प्रहरीको क्याम्प बगाएको छ । कैयौँ हताहती भएको आशंका रहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । उनका अनुसार अहिलेसम्म केही बेपत्ता भएको आशंका गरिएको भए पनि पुष्टि हुन सकेको छैन ।

प्रतिक्रिया