देउवा र प्रचण्डबीच भेटघाट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए । साढे पाँच बजेतिर बुढानिलकण्ठ पुगेका प्रचण्ड र देउवा बीच करिब आधा घण्टा कुराकानी भएको देउवा निकट स्रोतले बताएको छ ।

‘प्रधानमन्त्री केपी ओलीले लिन लागेको विश्वासको मत बिफल बनाउनेबारे नै छलफल भएको छ’, एक नेताले भने । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेपछि २७ वैशाखमा विशेष अधिवेशन बोलाइएको छ । विशेष अधिवेशन बोलाइएपछि नेपाली कांग्रेसको साथ लिन प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डलगायतका नेताहरु देउवा निवास बूढानीलकण्ठमा पुगिरहेका छन् ।

प्रतिक्रिया