देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक शुरू

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलवार जारी संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेशबारे धारणा बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको पदाधिकारी र पूर्व पदाधिकारी बैठक शुरू भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुरु भएको बैठकले अध्यादेशबारे धारणा सार्वजनिक गर्नेछ । अध्यादेश जारी भएपछि बसेको परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता देउवा उपस्थित भएका थिएनन् ।

प्रतिक्रिया