अर्थबजार

कर्मचारीमा कोरोना देखिएपछि वाणिज्य बैंकको सेवा बन्द

कृष्णप्रसाद अधिकारी २०७७ साउन २६ गते १४:४२ मा प्रकाशित

दैलेख । दैलेख सदरमुकाममा रहेको राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारीसहित १७ जनामा कोरोना देखिएपछि बैंका सेवा प्रभावित भएको छ ।

जिल्लामा सोमबार गरिएको परीक्षणमा नारायण नगरपालिकाका १४ जना र भैरवीका ३ जनालाइ कोरोना पोजेटिभ देखिएपछि समुदायमा कोरोनाको प्रभाव धेरै परेको स्थानियले बताउँदै आएका छन् । सोमबार परीक्षणको क्रममा बैंकका एक जनामा कोरोना देखिएपछि ।

बैंकको काम प्रभावित भएको हो । कोरोना पोजेटिभ देखिएसँगै वाणिज्य बैंक देलख शाखा अनिश्चितकालको लागि बन्द गरिएको बैंकले जनाएको छ ।

बैंकमा कार्यरत १३ जना कर्मचारिहरूमा गरिएको पिसिआर परीक्षणमा एक कर्मचारीमा कोरोना पोजेटिभ भेटिएसँगै बैंकले अन्य कर्मचारीलगायत सेवाग्राहिहरूमा संक्रमण फैलन नदिनका लागि बैंकका सम्पूर्ण सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको शाखा प्रबन्धक चेतन कुमार बिसीले जानकारी दिए ।

समुदायमा परीक्षण गरिएको ३८ जना मध्ये १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यलय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मीले बताए ।

प्रतिक्रिया