भरतपुर कोरोना अस्पतालमा अख्तियारले मार्यो छापा

चितवन । भरतपुर कोरोना अस्पतालका कर्मचारीहरुले नै विभिन्न स्वास्थ्य सामग्रीहरु चोरेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि अख्तियारले छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोना विशेष अस्थायी अस्पतालमा छापा मारेको छ ।

उक्त अस्पतालमा मंगलबार हेटौँडाबाट खटिएको अख्तियार टोलीले छापा मारेको हो । आर्थिक अनियमितता गरिएको पनि आशंकासमेत अस्पतालमा गरिएको छ । अस्पतालका कर्मचारीले रातको समयमा सामानहरु पोको पारेर लगेको भिडियो सार्वजनिक भएपछि अख्तियारले छापा मारेको हो । साथै, अस्पतालमा छापा मारेर अख्तियारले कागजपत्र पनि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया