उजुरी दिन जसपाका नेताहरू सरकारी वकिलको कार्यालयमा

काठमाडौं । अपहरणविरुद्ध उजुरी दिन जसपाका नेताहरू सरकारी वकिलको कार्यालयमा पुगेका छन् ।

पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव अपहरण गरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दिन जनता समाजवादी पार्टी, नेपालका नेताहरु मंगलबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेका हुन् ।

यसअघि नेताहरु काठमाडौं प्रहरी परिसर पुगेपनि प्रहरीले सो उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो ।

प्रतिक्रिया