प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको छ । उनीहरूबीच भएको भेटवार्तामा आफ्नै पार्टीभित्र उब्जिएको असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने भन्नेमा केन्द्रीत रहेको स्रोतले जनाएको छ ।

सरकारले राजनीतिक पार्टी फुटाउन खुकुलो प्रावधानसहित दुई वटा अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद उब्जिको थियो । यसै विषयमा वरिष्ठ नेता नेपाल र प्रधानमन्त्री ओलीको ध्यान केन्द्रीत भएको स्रोतको भनाई छ ।

प्रतिक्रिया