कुहिएको राहत सामग्री बाँड्ने दुई वडाध्यक्ष पक्राउ

काठमाडौं । कुहिएको राहत सामग्री बाँड्ने दुई वडाध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बारा जिल्लाको कलैया उपमहानगरपालिकाले लकडाउनका बेला कुहिएको दाल खरिद गरी राहत बाँडेको आरोपमा प्रहरीले उक्त पालिकाका दुई वडाध्यक्ष तथा एक वडा सचिवसहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आइतबार पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा– १ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया– २० का वडा सचिव खेदु मियाँ, कलैया–७ का यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैन रहेका छन् । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया