लकडाउन उल्लंघन गर्ने १३९ जना पक्राउ

काठमाडौं । सरकारले कोरोना रोकथामका लागि लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरी कडा हुँदै गएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका लागि प्रहरी आक्रामक रुपमा प्रस्तुत हुन थालेको हो । लकडाउनको पाँचै दिन पनि शनिबार बिहानै देखि मानिसहरु लकडाउन उल्लंघन गर्ने सडकमा देखिएका छन् ।

प्रहरीले शनिबार बिहान ८ बजेसम्मको अवधिमा विभिन्न स्थानबाट १ सय ३० जना पुरुष र ९ महिला गरी १ सय ३९ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले पटक पटक अत्यावश्यक कामविना सडकमा ननिस्किन सर्वसाधारणलाई आह्वान गर्दे आएको छ ।

प्रहरीले घर बाहिर ननिस्कन भने पनि केही मानिसहरु भने सडकमा निर्वाध रुपमा हिडडुल गरेका देखिन्छ । कति स्थानमा समूहमा गफिदै गरेको समेत देखिने गरेको छ ।

प्रतिक्रिया