रंग‍-विविध

बिरेन्द्र खड्काको ‘झ्याप्पै माया’

सौर्य अनलाइन २०७६ पुष २९ गते १४:२७ मा प्रकाशित

काठमाडौँ । गायक बिरेन्द्र खड्काको ‘झ्याप्पै माया’ गीतको भिडियो सार्वजनिक भएको छ । गम्भीर महतराको शब्द रहेको गीतमा गायक खड्काकै संगीत रहेको छ भने गायिका बिनिता जिएमले उनलाई आवाजमा साथ दिएकी छन् ।

त्यस्तै बिक्रम चौहानले निर्देशन गरेको उक्त भिडियो प्रकाश खड्काको छायांकन तथा मिलन विश्वकर्माले सम्पादन गरेका छन् । सोही भिडियोमा गायक बिरेन्द्र खड्का आफै र कञ्चन खड्काको अभिनय रहेको छ ।

गायक खड्काको आफ्नै युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । मायाप्रेमका भावनालाई गीतको शब्दमार्फत उठान गरेर गीतको भिडियो बजारमा ल्याएको गायक खड्काले जिकिर गरे ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय