अर्थबजार

ओडवलियामा एनआईसीको शाखारहित सेवा

सौर्य अनलाइन २०७६ मंसिर ८ गते १९:१० मा प्रकाशित

काठमाडौं । एन आई सी एशिया बैंकले रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका १३ ओडवलियामा ४३औं शाखारहित बैंकिङ्ग सेवा शुक्रबारबाट संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको ओडवलिया शाखारहित बैंकिङ्ग सेवाको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले उद्घाटन गरे उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा अजय सिहं क्षेत्रीलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीहरुले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सकिनेछ । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिंड्नुपर्ने वाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीयवासीहरुले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय