प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे बालुवाटारमा सर्वदलीय बैठक डाकेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जनाएअनुसार सो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सहभागिता रहनेछ । संसदमा अहिले सत्तारुढ नेकपा, नेपाली कांग्रेस, समाजवादी, राजपा र राप्रपाको प्रतिनिधित्व छ ।

दलहरुबीच अविश्वासको वातावरण बढिरहेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओली बिहीबार फेरि सिंगापुरमा उपचारका लागि जाँदैछन् । त्यसअघि उनले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न लागेका हुन् ।

प्रतिक्रिया