दिवसलाई लीलाध्वज सम्मान

काठमाडौं । नेपाली साहित्यमा योगदान दिएको भन्दै लीलाध्वज थापा साहित्य प्रतिष्ठानले कवि तुलसी दिवसलाई सम्मान गर्ने भएको छ ।

यस वर्षको ‘लीलाध्वज थापा साहित्य सम्मान’ बाट दिवसलाई सम्मान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले जानकारी दिए । विजयध्वजको संयोजकत्वमा गठित छनोट समितिले नेपाली साहित्यको उत्थानमा उल्लेखनीय योगदान पु¥याएबापत उनलाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो । उनले सो सम्मानसँगै नगद २५ हजार प्राप्त गर्नेछन् ।

उपन्यासकार थापाको ९९औँ जन्मजयन्तिका अवसरमा २० असारमा उक्त सम्मान प्रदान गरिनेछ । यसअघि प्रा डा वासुदेव त्रिपाठी, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र समालोचक प्राडा. ताना शर्मालाई उक्त सम्मान प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष थापाले जानकारी दिए ।

१९७८ सालमा जन्मिएका उपन्यासकार थापाको ‘मन’, ‘शान्ति’, ‘पूर्व स्मृति’ लगायत उपन्यास तथा केही कविता प्रकाशित छन् । विसं २०१४ मा ‘मन’ नामक उपन्यासले मदन पुरस्कार प्राप्त गरेको थियो । प्रतिष्ठानले विभिन्न समयमा कवि गोष्ठीलगायत साहित्यक गतिविधि सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया