डा. केसी अस्पताल भर्ना

पशुपतिनगर । चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या भएपछि आज बिहान जिल्ला अस्पताल इलाममा भर्ना भएका छन् । १६ औँ पटकको अनसनको छैटौँ दिन आजसम्ममा डा. केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको हो ।

डा. केसीको रक्तचाप बढ्नुका साथै फोक्सोमा सङ्क्रमण बढ्दै गएको र मुटुको गति पनि अनियमित भएर शिथिल भएपछि अस्पताल भर्ना गरिएको डा. केसीका वार्ता टोली सदस्य अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बताए । अस्पताल भर्ना गरिएपनि डा. केसीले औषधि भने लिन मानेका छैनन् ।

वार्ताटोली सदस्य भण्डारीका अनुसार केसीको अवस्था नाजुक बन्दा पनि सरकारले वास्ता नगरेको बताका छन् । डा. केसी चिकित्सा शिक्षा विधेयक जनताका पक्षमा हुनुपर्ने् १५औँ अनसनका क्रममा सरकारले गरेको सहमति कार्यान्वयन हुनु पर्नेसहितका छ बुँदे माग राखेर इलाममा यही पुस २५ गतेदखि अनसनमा बसेका छन् ।

प्रतिक्रिया