समतामूलक समाज निर्माण हाम्रो चाहना

पछिल्लो समय घरेलु हिंसा समाजको सबैभन्दा ठूलो समस्याका रूपमा देखा परेको छ । कानुनी रूपमा केही सबल देखिए पनि कार्यान्वयन पक्ष भने दयनीय अवस्थामा छ । महिला हिंसा, यौन दुव्र्र्यवहार, आश्रयहीन, अनाथ, सडक बालबालिका, असहाय, अशक्तहरूका लागि काम गर्न मुलुकभर हजारौँको संख्यामा संघसंस्था खुलेका छन् । तर, काम गर्ने संस्था अत्यन्त थोरै छन् । काठमाडौंको जोरपाटीस्थित नयाँ बस्तीमा रहेको महिला आधारशिला राम्रो काम गर्ने थोरै संस्थाहरूमध्ये पनि पहिलो नम्बरमा पर्दछ ।

विभिन्न कारणले परिवारको साथ गुमाएका, घरेलु हिंसामा परेका, महिला हिंसा, यौन दुव्र्र्यवहार, आश्रयहीन, अनाथ, सडक बालबालिका, असहाय, अशक्तहरूका लागि काम गर्दै आएको महिला आधारशिला मुलुकभरको नमूना संस्था हो । निःशुल्क कानुनी सहायताबाट सुरु भएको महिला आधारशिला अहिले हजारौँ असहायहरूको आश्रय बनेको छ । अहिले संस्थामा ६ सय बढी विद्यार्थी, आठ सय बढी हिंसापीडित महिला, दुई सयभन्दा बढी बालबालिकाले आश्रय लिइरहेका छन् । यति मात्र नभएर संस्थाले सयौँ महिलालाई रोजगार दिएको छ भने सयौँलाई आफ्नो हकअधिकारका लागि सक्षम बनाएको छ ।

साथै हिंसामा परेका महिलाको उद्धार गर्दै कानुनी परामर्शका काम गरिरहेको संस्थाले महिलालाई सक्षम र सफल बनाउँदै आत्मनिर्भर भएर बाँच्न सिकाउने काम गरिरहेको छ । यसै विषयमा केन्द्रित रहेर महिला आधारशिलाकी अध्यक्ष रेणु शर्मासँग कुराकानी गर्दा उनले भनिन्, ‘हामी विभिन्न हिंसामा परेका महिलालाई कानुनी परामर्शसहित सीप सिकाउने काम गरिरहेका छौँ । आवासगृहमा उनीहरूलाई राखेर सीप सिकाउने काम गर्छौं । हाम्रो लक्ष्य हो, अब चाँडै हामीले यो काम बन्द गर्न पाउँ । सबै महिला आपैmँमा सक्षम बनेर समतामूलक समाजको निर्माण होस् ।’ यस्तो दूरगामी लक्ष्यका साथ स्थापना भएको संस्थाको काम, भइरहेका क्रियाकलाप, आर्थिक स्रोत व्यवस्थापनका काम तथा भावी योजनाका विषयमा अध्यक्ष शर्मासँग सौर्य दैनिकका लागि टंक खनालले गरेको कुराकानीको संपादित अंश ।

महिला आधारशिला के हो ?
महिला र बालबालिकाका क्षेत्रमा काम गर्ने एक सामाजिक संस्था हो । ०४६ सालको अन्त्यतिर अर्थात १९८९ को नोभेम्बरमा सुरु भएको हो । निःशुल्क कानुनी सहायता तथा परामर्शको सोचले स्थापना भए पनि त्यससँग जोडिने आवास, स्वास्थ्य, शिक्षा, रोजगारीसहित समातामूलक समाजको निर्माणका लागि अहोरात्र खटिरहेको विशुद्ध समाजसेवामा सर्मपित संस्था हो । जीवन जोखिममा रहेका महिला तथा बालबालिकाको रक्षा गर्ने अठोटका साथ यसले काम गरिरहेको छ ।

के के गरिरहनुभएको छ ?
पहिलो हाम्रो काम त कानुनी सहायता नै हो । त्यसपछि परामर्श प्रदान गरी महिलामा सकारात्मक सोचको विकासका लागि काम गर्छौं । शारीरिक तथा मानसिक तनावमा रहेका महिलालाई सीप सिकाउँदै आत्मनिर्भर बनाउने जमर्काे गरेका छौँ । कपडा बुन्ने, दालमोड बनाउने, मेसिन, इलेक्ट्रिसियन लगायतका क्षेत्रमा पनि महिलालाई तालिम दिएर काम गर्ने वातावरण बनाएका छौँ ।
थलीमा अग्र्यानिक फार्म छ । हामीले कपडा बुन्ने सानो उद्योग नै चलाएका छौँ । हाम्रा काममा पार्टटाइम र फुलटाइम गरी १ सय ८० जना महिलाले काम गरिरहनुभएको छ ।

आर्थिक सहायता जुटाउनका लागि महिला दिदीबिहिनीकै सहयोगमा लघु वित्त सञ्चालन गरेका छौँ । जसले सबैलाई परेको बेलामा सहयोग गर्छ । परामर्श दिनका लागि सुरु गरिएको यो संस्थाले पछि आवश्यक पर्ने सम्पूर्ण क्षेत्रमा काम गर्दै आएको छ । सुरुमा केही समस्या भए पनि धेरै सम्झौता गर्नुपर्ने अवस्था आए पनि बिस्तारै बिस्तारै धेरै काम गर्न सफल भएका छौँ ।

आवास गृहमा आएका महिला तथा बालबालिकामा बालिकाहरूका लागि शिक्षासहित खान बस्नको सुविधा छ । हामीले बनाएको घर नै उनीहरूको लागि हो । आमाबुबा गुमाएका, परिवारमा कोही नभएका बालिकाहरू हामीकहाँ आउने गरेका छन् । उनीहरूलाई शिक्षादीक्षाको सम्पूर्ण जिम्मेवारी हाम्रो हो । स्नातक तहसम्मको अध्ययनका लागि उनीहरूलाई हामीसँगै राख्छौँ । त्यस्तै महिलाहरूका लागि सीप सिकाउने काम गर्छौं । उनीहरूको सीप अनुसारको रोजगारीको व्यवस्था पनि गरेका छौँ ।

कसरी सुरु भयो ?
अभिभावकको हराएकी छोरी खोज्दा पाएको सफलतापछि यसक्षेत्रमा लागेको हो । सामाजिक कार्य के हो भन्ने नै थाहा नपाई यस क्षेत्रमा काम गर्न थालियो । म गाउँबाट आएकी गाउँबाटै आएकोजस्तो अलमल परेका दुई व्यक्ति देख्याँै । हामी भलिबल खेल्न पद्यकन्या क्याम्पस पुगेका थियौँ । गाउँका व्यक्ति अलमल भएको देखेर बुझ्न जाँदा उहाँहरू छोरीको खोजीमा आउनुभएको रहेछ । पढाउँछु भन्दै टेकु अस्पतालमा काम गर्ने डाक्टर मंगलचन्द्र जैनको घरमा काम गर्न दिएकी छोरी एकाएक हराएको खबर पाएका अभिभावक हतास मनस्थितिमा थिए । उल्टो ती डाक्टरले सुन चोरेर छोरी भागेको आरोप लगाएका रहेछन् । त्यो परिवारलाई हामीले सहयोग ग¥यौँ । प्रहरी, प्रशासन कसैको साथ भएन । हामी अदालत गयौँ । त्यसपछि थाहा भयो तिनै डाक्टरले छोरीको नाम परिवर्तन गरी आफ्नी बहिनीकहाँ भाँडा माझ्न राखेका रहेछन् । यसबाट प्राप्त सफलताले अहिले हामीलाई यहाँसम्म ल्याएको छ ।

आर्थिक स्रोत के हो ?
हामीले गरेका काम गरेका काम सबै आर्थिक स्रोतसँग जोडिएका छन् । यहाँले देखिहाल्नुभयो आवास गृह । अहिले १ सय ७० भन्दा बढी यहाँ आस्रित छन् । १ सय ५१ त बच्चा नै छन् । दैनिक खाद्यान्न, शिक्षासँग सम्बन्धित बालबालिकाको शैक्षिक खर्च । यी अति दैनिकी चलाउन चाहिने कुरालाई पछि स्रोत खोज्नेगरी मिलाउन सम्भव छैन । संस्थाले गर्ने गोष्ठी सेमिनार तथा अन्य कार्यक्रमको खर्च भने पछि मिलाउँछु भन्न मिल्छ । तर, खानाबस्नको लागि गरिएको जुन व्यवस्था छ, त्यो पैसाविना सम्भव छैन । अनि फेरि यो सीमित अवधिको परियोजना हैन । एउटा बच्चो हामीकहाँ आएपछि उसको जीवनसँग जोडिएका सम्पूर्ण गतिविधि हामीसँगै नै हुन्छ । उसलाई सबल बनाएर मात्रै पठाउने गरेका छौँ । त्यसैले यो चूनौतिपूर्ण काम छ । यो चुनौतिलाई समाधान गर्न मागेर पुग्दैन भन्ने विश्वासका साथ संस्थागत रूपमा कसरी आत्मनिर्भर हुन सक्छौँ भनेर धेरै प्रयास गरेका छौँ ।

पहिलो उद्योग हो । महिला सामाजिक सीप विकास उद्योग भनेर सुरु गरेका छौँ । महिला आधारशिलाबाटै उत्पादित सामान बेच्न नसकिने भएको र नाफारहित संस्थाबाट आयआर्जनका काम गर्न नसकिने भएकाले र व्यक्तिगत पहलमा उत्पादित सामानलाई बजारिकीकरण नर्ग नसक्ने भएर हामीले उद्योग खोलेका छौँ । हामीकहाँ आउने महिला दिदीबहिनीले सीप सिकी बुनेका कपडा हामी बेच्छौँ । धेरै सामान विदेश निर्यात हुने गरेको छ । स्विट्जरल्यान्डमा मात्र हाम्रा आठ वटा पसलबाट बिक्री हुन्छ ।

त्यहाँका सामाजिक अगुवाहरूले हाम्रो कामलाई राम्रो मानेर पसल खोल्न सहयोग गर्नुभयो । अन्य प्रयोजनका लागि पसल खोलिए पनि हाम्रा सामानलाई उनीहरूले प्राथमिकताका साथ राख्ने गरेका छन् । त्यस्तै डेनमार्क, जर्मनी लगायतका देशमा पनि हामी बिक्री गर्दछौँ । बिक्रीको नाफाको ६० प्रतिशत सोझै सामाजिक कार्यमा लगाउँछौँ । यहाँबाट हामीलाई धान्ने खालको आर्थिक स्रोत संकलन हुने गरेको छ । यो पहिलो हाम्रो आन्तरिक स्रोत भयो ।

दोस्रो अग्र्यानिक फार्म । तालिमका लागि भनेर सुरु गरेको अहिलेसम्म फार्म नियमित छ । थलीको झन्डै १३ रोपनी कम्पाउन्डमा तरकारी खेती गरेका छौँ । हामीलाई प्रयोग गरेर बेच्न पुग्ने तरकारी हामी आपैmँ उत्पादन गर्छौं । यहाँ बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम पनि हामीले दिने गरेका छौँ । सबै प्रकारका खेती हामीकहाँ हुन्छ । यहाँबाट भएको आम्दानी दोस्रो आन्तरिक स्रोत हो ।

तेस्रो स्रोतका रूपमा हामीसँग सम्बन्धित र हाम्रो संस्थाको नामबाट सहभागी भएर आयआर्जन गर्ने जो कोही हुनुहन्छ, उहाँहरूले आम्दानी गरेको रकमको ५० प्रतिशत हामीलाई डोनेसन गर्नुपर्ने नियम बनाएका छौँ । जागिरेको नभई रिसोर्स व्यक्ति भएर संस्थाको तर्फबाट तालिमको सहजीकरण गर्न जाने व्यक्तिको भत्ता यसको उदाहरण हो । यसबाट पनि राम्रो आम्दानी हुने गरेको छ ।

हामीले विभिन्न जिल्लामा पनि सेवा विस्तार गरेका छौँ । हामीबाटै परामर्श पाएर नयाँ जीवन सुरु गर्नुभएका साथीहरूले हामीलाई डोनेसन गर्नुहुन्छ । खेती गर्ने साथीहरूबाट धान चामल लगायतको डोनेसन हुन्छ । जसले खानाका लागि सहयोग पु¥याएको हुन्छ । झापाको संयोजक तुलसा खरेल हुनुहुन्छ । उहाँले प्रत्येक साल ५० मनभन्दा बढी धान पठाइदिनुहुन्छ, यो एउटा उदाहरण हो । यस्तो साथ धेरैको छ ।
हामीकहाँ बाह्य स्रोत पनि छन् । हाम्रो आश्रममा रहेका १ सय ५१ बालबालिका मध्ये २५ जना स्पोन्सर छन् ।

भनेको विभिन्न देशबाट हाम्रो काम हेर्न आउनुभएका पाहुनाले एक बच्चाको सम्पूर्ण खर्च म बेहोर्छु भनेर पैसा दिनुहुन्छ । यस्ता २५ जना बालबालिका छन् । यो व्यक्तिगत स्पोन्सर हो । जर्मनी, स्विटजरल्यान्ड, अमेरिका लगायतका देशबाट स्पोन्सर भएको छ । यसरी स्रोत जुटेको छ । दैनिक खर्च लगायतका स्रोत हामी आपैmँले जुटाउँछौँ । तर, भवन निर्माणका लागि भने धेरै रकम सहयोगबाट नै प्राप्त भएको हो । आफ्नै भवन भएकाले बस्नका लागि हामीलाई कुनै समस्या छैन ।

धेरै आधार हामीले नै बनाएका छौँ । हामीभित्रकै साथीहरूले सहयोग गर्नुभएको छ । अरू सहयोग पनि हामीले पाएका छौँ । लिगल सहयोगका लागि आधार फाउन्डेसन भन्नेले लयरहरूलाई सपोर्ट गर्नुभएको छ । त्यस्तै अन्य गैरसरकारी तगा प्राइभेट संस्थाहरूले पनि प्रोजेक्ट अनुसारको सहयोग गर्दै आउनुभएको छ ।

उद्योगको अवधारणा कसरी आयो ?
हामीले गरेका काम एकअर्काका परिपुरक छन् । पहिला परामर्शको काम थाल्यौँ । त्यसपछि उनीहरूलाई सीपको आवश्यकता प¥यो सीप सिकायौँ । सीप भएको व्यक्तिले बनाएका सामान उत्पादन गरेको सामानलाई बेच्न जाँदा धेरै गाह्रो भएपछि हामी आपैmँले किन सुरु नगर्ने भनेर उद्योग सुरु गरेका हौँ । उद्योग हाम्रो पहिचानका लागि सुरु गरिएको हो । पहिला १० जनाबाट सुरु उद्योगमा अहिले फुलटाइम र पार्टटाइम गरी १ सय ८० भन्दा बढीले काम गरिरहनुभएको छ ।

भावी योजना के छन् ?
मुख्य योजना समतामूलक समाजको निर्माण गर्नु हो । समाजमा हरेक मानिस सम्मानपूर्ण अवस्थामा बस्नुपर्छ भन्ने हो । मैले मानिस जोड्नुका पछि महिलाका क्षेत्रमा मात्र काम गरे पनि समाजमा रहने महिला पुरुष, बालबालिका सबै सम्मानजनक अवस्थामा बस्न पाए भने त्यही समातामूलक समाज हो । हामीसँग १६ जना परिवारका कोही सदस्य नभएका बालबालिका छन् । हामी त्यो वेलासम्म काम गरिरहन्छौँ जतिवेला हाम्रो समाजका प्रत्येक व्यक्ति आफ्नो परिवारसँग सम्मानका साथ हाँसीखुसी बस्न पाउँछ ।

हामीले कानुनका क्षेत्रमा धेरै प्रगति ग¥याँै । धेरै कानुन बनेका छन् । त्यसको कार्यान्वयनका लागि काम गर्छौं । बोक्सीको आरोपमा कुटपिट भए सजाय दिने कानुन बन्यो । पहिला सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गर्नुपथ्यो । त्यसैले अबको काम भएका कानुनलाई कार्यान्वयन गराउने र असमान कानुन हटाउने तथा नभएका कानुन बनाउने क्षेत्रमा केन्द्रित हुनेछ ।

त्यस्तै महिलालाई आत्मनिर्भर बनाउने काम हुन्छ । हामीले चलाएका आवास गृह, उद्धार लगायतका काम क्षणिक काम हुन् । हामी आशा गर्छौं यस्तो अभियान चलाउनु नपरोस् । त्यसैले हेपिएको व्यक्ति सबल भयो भने ऊ समाजमा स्थापित हुन सक्छ । आर्थिक क्षेत्रमा सबल भए महिला पुरुष, छोराछोरी बराबर हुन्छन् भन्ने लक्ष्य राखेर काम गरिरहेका छौँ । हामीले ४६ सालदेखि सञ्चालन गरेको आवासको काम बन्द होस् भन्ने कामनाका साथ भावी कार्यक्रम अघि बढाउने योजना छ ।

भूकम्पपीडितका लागि पनि केही गर्नुभयो कि ?
हामीले चार तहबाट सहयोग ग¥याँै । पहिलो आकस्मिक सहयोग । जब भूकम्प गयो । हामी पनि त्यसै आत्तियौँ । एक घण्टापछि हामी उद्धारको काममा लाग्यौँ । उद्धारसँगै पीडितहरूलाई खाद्यान्न, लत्ताकपडा लगायतको सहयोग ग¥यौँ ।
दोस्रो हामीकहाँ भएको सम्पूर्ण सुविधा पीडितका लागि परिचालन ग¥याँै । हामीले जहाँजहाँ काम गरिरहेका थियौँ ती सबै खुल्ला ग¥यौँ । झन्डै १ हजार ६ सय व्यक्तिलाई दैनिक आवास र खानाको व्यवस्था ग¥यौँ । त्यस्तै १३ जिल्लामा राहत सामग्री पठायौँ । गाउँमा म आपैmँ जाँदा एक महिला हामीले लिएर गएको सामान लिन आउँदा एक पार्टीको झन्डा ओडेर मेरो त सबै पुरियो भनेर आउनुभएको थियो । त्यसपछि महिलाको कपडालाई ख्याल गरेर सेनेटरी आइटमसहित हामीले प्याकेज बनायौँ र प्रत्यके व्यक्तिले पाउने गरी सामान वितरण ग¥यौँ । हामीले १७ हजारभन्दा बढी परिवारमा सहयोग ग¥याँै ।

गाउँमा पीडित बनेका गर्भवती तथा सुत्केरी महिलालाई हाम्रो आवासमा राख्याँै । ४१ जनासम्म गर्भवती महिला आवासमा बस्नुभयो । तीन सय बढी बच्चा हाम्रो आवासमा जन्मिए । हामीले नै अस्पताल लग्यौँ । दुई जनालाई भने अस्पताल लान नभ्याउँदै आवास मै जन्मिए ।
अनि हाम्रो आवास क्षेत्रमा रहेका १ हजार ६ सय व्यक्तिलाई दैनिक खाना खुवायौँ । पहिलो दिन स्थानीय १ हजार १ सयको संख्यामा आउनुभएको थियो । पछि हामीले उद्धार गरेर ल्याएका व्यक्तिसहित १ हजार ६ सयबढीलाई दुई महिनासम्म खाना र आवासको सुविधा दियौँ । यो योजना अनुसारको काम नभएकाले आर्थिक स्रोत जुटाउन निक्कै गाह्रो भयो । व्यक्तिगत रकम निकालेर काम ग¥यौँ । पछि सहयोग प्राप्त भयो ।

 

प्रतिक्रिया