ठूलो पार्टीको नाताले एमाले बढी जिम्मेवार हुनपर्छः ज्ञवाली

स्थानीय निकाय निर्वाचनमा बहुचर्चित बनेको भरतपुर महानगरपालिकामा अप्रत्यासित रूपमा पराजित भएका एमाले नेता देवी ज्ञवाली । ०५४ मा भएको स्थानीय निर्वाचनमा उपमेयर निर्वाचित भएका थिए । ०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रका रेणु दाहालसँग पराजित भए । मतगणनाको क्रममा मतपत्र च्यातिएपछि लामो समय अदालतामा अल्झिएर अन्ततः पुनः निर्वाचन भयो । कांग्रेस र माओवादी गठबन्धनका उम्मेदवार दाहालसँग उनी पराजित भए । अहिले राजीतिले कोल्टे फेरेको छ । हिजो उनैलाई हराउन गठबन्धन गर्ने माओवादीसँग उनको पार्टीले आउने निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको छ । हिजोको भोगाइ र आउने निर्वाचनका सवालमा उनै ज्ञवालीसँग सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवादः

devi-3

भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचन हार्नुभयो, के गर्दै हुनुहुन्छ ?
–मलाई निर्वाचन हारें भन्ने नै लाग्दैन । मैले २ सय ६० मतले निर्वाचन जितेको थिएँ । तर, प्रविधिक रूपमा सुनियोजित ढंगले मलाई हारेको सावित गराइयो । जनताको मतले मैले निर्वाचन हारेको होइन र आहिले पनि हारें भन्ने लाग्दैन । जनताप्रतिको मेरो जिम्मेवारी सकिएको छैन । जहाँ भए पनि उनीहरूको सेवामा लागेको छु ।

तुरुन्तै निर्वाचनमा नगएर अदालत जानुनै एमालेको लागि दुर्भाग्य हो ?
–हामी अदातल जानु नै तत्कालीन राज्यसत्ताका लागि षड्यन्त्र गर्ने तयारी भयो । त्यति बेला सिधै निर्वाचनमा भएको भए म जित्थें । अघिल्लोपटक म २ सय ६० मतले जितेको थिएँ । पछि तुरुन्त निर्वाचन गरेर अदालति प्रक्रियामा न परेको भए जित्ने निश्चित थियो । अदालति चक्करमा पर्दा उनीहरूले तयारी पूर्ण षड्यन्त्र गर्न पाए । राज्यको चरम दुरूपयो गरेर निर्वाचन हारेको प्रमाणित गराइयो ।

निर्वाचनपछि भरतपुर महानगरका जनताको नजरमा तपाईंप्रतिको श्रद्धा कस्तो छ ?
–जनताको माया अगाध पाए । निर्वाचनको परिणामपछि सबै जनताको घरमा पुगें । मतदातालाई धन्यवाद दिएँ । उहाँहरू साह्रै दुःखी हुनुहुन्छ । धेरैले आँसु बगाउँदै दुःख व्यक्त गर्नुभयो । भरतपुरको जनताको मनमा म श्रद्धाका साथ बस्न सकें मेरो लागि यो पनि ठूलो कुरा हो । लोकतन्त्र भन्ने कुरा पनि देखाउने कुरा मात्र हो रहेछ भन्ने भरतपुरको घटनाले देखायो । ठूला पद र शक्तिमा रहेकाका लागि प्रणाली तोड्न गाह्रो हुँदोरहेछ भन्छन् जनता । लोकतान्त्रिक प्रक्रिया देखाउने दाँत मात्र रहेछ । हामीले यस्तै अनूभूति ग¥यौ भन्ने जनताको भनाइ छ । मै पनि जनतालाई सम्झाए, ‘इतिहासमा यस्ता घटनाहरू घट्छन्, यसको अर्थ सधैँ यस्तै अवस्था रहँदैन,।’ प्रणलीलाई जोगाउनुपर्छ व्यक्तिहरूका यस्ता व्यवहार सधैँ रहँदैन भनी जनतालाई बुझाएको छु ।

उमेर र सामाजिक अनुभवका आधारमा आफूभन्दा जुनियरसँग प्रतिस्पर्धा गर्दा निर्वाचन जित्नेमा कति ढुक्क हुनुहुन्थ्यो ?
–जनताको माया, कार्यकर्ताको उत्साह र प्रतिपक्षको समेत साथले निर्वाचन जित्ने कुरामा म ढुक्क थिएँ । मप्रति जनताको समर्थन एकातिर बढ्दै थियो अर्कोतर्फ मेराविरुद्ध राज्यका सबै प्रकारका संरचना प्रयोग गरिएको थिया । निर्वाचनमा ६ अर्ब रुपैयाँ रकमान्तर गरेर खर्च गरिएको थियो । योजनाबद्ध रूपमा मलाई हराउन सत्ता लागेको थियो । अर्कोतर्फ प्रहरीका आइजिपीसमेत संलग्न भएर सिभिल डे«समा प्रहरी परिचालन गरेका थिए । सरकारका सबै (अएव) संरचना प्रयोग गरीयो भरतपुरको निर्वाचनमा मलाई पराजित सावित गर्नाका लागि ।

ठूला र पुरानो पार्टी भनिएको नेपाली कांग्रेसको सबैभन्दा सुरक्षित स्थान मानिएको चितवन हिजोका क्षेत्र नम्बर ४ अनि एमाओवादी केन्द्रका नेता पुष्पकमल दाहालको कर्मभूमि भनिएको स्थानमा कसरी उनीहरूको षड्यन्त्रको प्रतिवाद गर्ने भन्नेबारे मलाई चिन्ता भने थियो । एकातिर जनताको माया थियो अर्कोतर्फ सत्ताको षड्यन्त्र । उनीहरूको षड्यन्त्र रोक्न सक्छु वा सक्दिनँ भन्ने कुरामा मभित्र दुविधा भने थियो । यदि षड्यन्त्र रोक्न सकेँ भने निर्वाचन जित्छु भन्नेमा विश्वस्त थिए ।

तपाईंको भनाइमा मतगणनाका समयमा मतपत्र च्यात्ने काम तत्कालीन अवस्थामा भएको दुर्घटना नभई सुनियोजित थियो ?
–हो त्यो सुनियोजित थियो । कुनै पनि बहनामा मतगणना प्रभाव पार्ने योजना प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेर निर्वाचनसम्बन्धी ऐनमा रहेका दफाहरू केलाउँदै कहाँ टेकेर पुनःनिर्वाचन गराउने बाटोतिर जान सकिन्छ भनेर योजना बनाइयो र न्यायाधीशलाई ‘मतगणनास्थल कब्जा’ भन्ने वाक्यांश लेख्न लगाइयो । त्यही योजनाको आधारमा तल निर्देशन गरेर मतपत्र च्यात्ने लगाइयो । यी सबै प्रक्रिया पु¥याएर तल पुनः निर्वाचनको माग गर्न लगाइयो । यो पूराका पूरा योजनामा बनेको माथिल्लोस्तरको चाल थियो, उनीहरू आफ्ना चालमा सफल भए ।

स्थानीयस्तरमा एकाएक कांग्रेस माओवादीका पक्षमा लाग्नुको कारण के थियो ?
–सुरुमा स्थानीय कांग्रेसमा माओवादीलाई सर्थन गरेकोमा आक्रोश थियो । बाँदरमुढे घटना त्यहाँका जनताले बिर्सेका थिएनन् । अर्को कुराकानीहरू परिपक्क, विगतको अनुभव, क्षमता, ज्ञान र सिप सहितको सामाजिक जीवनमा भिजेको मेयर होस् भन्ने चाहन्थे । यो रोजाइ एमालेमा मात्र होइन कांग्रेसका स्थानीय नेता कार्यकर्ता र मतदातामा पनि थियो । जनताका बीचमा जान सक्ने र सामाजिक नेतृत्व लिने उम्मेदवारको रोजाइ थियो ।

त्यही अनुभव र सामाजिक जीवन भएको मान्छेको रूपमा मलाई हेरेका थिए । तर, भरतपुर देशव्यापी रूपमा एमालको लहर देखेर कांग्रेहरूमा पनि केही केही कुराले प्रभाव प¥यो । माथिको निर्देशनमा तलका कार्यकर्तालाई धेरै कुराहरूले प्रभाव पा¥यो र दाहालको पक्षमा लागे ।

राजनीति खेल रातारात बदलियो, हिजो राज्यका संयन्त्र लागेर तपाईंलाई हराइयो । त्यही एउटा समूहसँग मिलेर आउने निर्वाचनमा जाँदै हुनुहुन्छ । जनताका बीचमा जान गाह्रो हुँदैन ?
–जनताका बीचमा जान सोचेजस्तो सजिलो छैन । हिजो मेरा लागि लागेका जनता स्थानीय कार्यकर्ता मसँग पनि आक्रोशित हुन्छन् । मैले आफ्ना लागि केही गर्ने होइन । समाजवाद निर्माण गर्ने अभिप्रायका साथ हामी लागेका छांै । देवी ज्ञवालीले हिजो हा¥यो कि जित्यो । वा कसका कारण हा¥यो त्यो ठूलो कुरा होइन । राजनीतिमा मिसनका लागि घर, परिवार, पढाइ छोडेका थियौं । पार्टी र समाजको मुक्तिका लागि कम्युनिस्ट पार्टीलाई जनताका बीचमा स्थापित गर्ने अभियानमा लागेर आएको हौं । देश भर पार्टी काममा जाँदा नेपाली जनताको एउटै गुनासो हुने गथ्यो, ‘तिमी कम्युनिस्टहरू किन बिभाजित हुन्छौं, ?’ सबै कम्युनिस्ट एक भएर आउँ’ भन्थे । जनताका मुल्याङकनमा कम्युनिस्टहरू सहि छन् । तर, टुक्रिएका कारण केही गर्न सक्दैन भन्ने जनतका गुनासो हुने गथ्र्यो । सधँै जुटेर आऊ भन्थे जनता हामीलाई, उनीहरूको त्यो भनाइले सधँै घोचिरहन्थ्यो ।

त्यो सम्भव छ ? जनताको चाहनाअनुसार साच्चै कम्युनिस्टहरू एक हुन्छन् ? एमाले र माओवादी बीचको हिजोको तीक्तता सजिलै मेटिन्छ ? केपी ओली र प्रचण्ड मिलेजस्तै तपाईंका मतदाता र रेणुका मतदाता मिल्लान् ?
–सजिलो छैन, हामीलाई मात्रै होइन माओवादीलाई पनि प्रश्नका हजाराँै वर्षा हुन्छन् । तर, हामी सजिलो कामका लागि हिजो पनि लागेका थिएनौं । परिवर्तनका लागि, समाजवाद निर्माणका ध्येका हिसाबले अहिलेका घटनालाई एकातिर पन्छाएर विशाल हृदयका साथ एकमनले अघि बढ्नुपर्छ । असम्भव भन्ने केही छैन । पार्टी विचारले चल्ने हो । हिजो कसले के ग¥यो हामीले बिर्सनुपर्छ ।

सबै कुरा बिर्सन तयार हुनुहुन्छ ?
–हिजोका कुरा बिर्सेर आपसी मनमुटावका घटनालाई गौण बनाएर राष्ट्र र जनताका लागि एक भएर जानुपर्छ । त्यसका लागि म मात्र होइन एमालेका सबै नेता कार्यकर्ता तयार हुनुपर्छ । ठूलो पार्टीका नाताले यसलाई सहज बनाउन एमालेको भूमिका प्रमुख रहन्छ ।

एमाले–माओवादीबीच समीकरणमा निर्वाचनसँगै लड्ने, निर्वाचनपछि पार्टी एकीकरण गर्ने र समाजवादसम्म जाने लक्ष्य पूरा होला ?
–स्थानीय निर्वाचको परिणामअनुसार एमाले झन्डै ३१ लाख, कांग्रेसले २९ लाख, माओवादीले १६ लाख मत पायो । बहुमतको सरकार नबन्दासम्म कुनै पनि राम्रो योजना लागू हुँदैन भन्ने नेताले बुझेका छन् । केपी ओलीले ल्याएको सुन्दर कार्यक्रम पूरा नहँुदा देशले क्षति व्यहो¥यो । हामीले आफ्ना लागि होइन राष्ट्रको भविष्य बलियो बनाउनका लागि जस्तासुकै कठिनाइ भोग्नुपरोस्, व्यक्तिगत रूपमा पीडा, अपमान सहनुपरोस्, तयार हुनुपर्छ, म त्यसका लागि तयार छु । राष्ट्रिय स्वार्थका लागि सबै कुरा तिलाञ्जलि दिन सबै तयार हुनुपर्छ ।

सहिदहरू देशका लागि मरेर गए, उनीहरूले के पाए ? मुलुकका लागि कैयाँै घाइते, अपांग भए, अहिले पनि हलचल गर्न नसकने अवस्थामा कैयाँै छन् । यही आन्दोलनका लागि लागेका हुन् । उनीहरूले छोडेर गएको जिम्मेवारी विगतका तीताीठा, झिना मसिना सबै कुरा बिर्सेर अगाडि बढ्नुपर्छ । एमालेले यसमा बढी जिम्मेवारी लिनुपर्छ त्यसका लागि उदार भावना बनाएर जान आवश्यक छ ।

अप्रत्यासित रूपमा एमाले–माओवादीबीच भएको समीकरण अझै केही समयअघि हुनुपथ्र्यो भन्ने लाग्दैन ?
–हो धेरैलाई चकित बनाएको छ । एमाले– माओवादी बीचको समीकरणले । धेरैले प्रश्न गर्छन् कुन अलौकिक शक्तिले एक बनायो भनेर । मलाई पनि सुरुमा पत्याउन गाह्रो भएको थियो । पत्रकार सम्मेलन हुने सुन्दा होला कि नहोला भन्ने लागेको थियो । पत्रकार सम्मेलनका दिन धेरै टेलिफोन घुमे । धेरै कूटनीति नियोगका राजधानीका सडकमा कुदे । कैयौं नियोगका मान्छेहरूमा छटपटि चलिरहेको थियो । त्यही बीचमा एउटा ऐतिहासिक काम भएको छ । यसलाई हामीले मुक्त कण्ठले प्रशंसा गर्नुपर्छ । यसलाई कार्यान्वयन गर्ने दृढता गर्नुपर्छ । त्यसो गरिरहँदा आफू कहाँ परुला भन्ने चिन्ता कसैले लिनु हुँदैन । त्यसो गरियो भने आफूले आफूलाई प्रश्न गर्नुपर्छ म असल कम्युनिस्ट बन्न सकेको रहेनछु भनेर ।

निर्णय ढिला भयो भन्ने लाग्दैन ?
–ढिला भयो । अलि चाँडै भएको भए राम्रो हुन्थ्यो । स्थानीय निर्वाचनमा भोगेको तीक्तता र क्षति दुवै पार्टीले भोग्दैनथ्यौं होला । तर, जे भयो सकियो विगतलाई सम्झेर मन कुँढाएर बस्ने होइन आउने दिनलाई मजबुद बनाउन सबै लाग्नुपर्छ ।

समीकरणले पार्टी एकताको विन्दु तयार गर्ने कुरामा विश्वस्त हुनुहुन्छ ?
–म विश्वस्त छु । तिनै पार्टीका नेतृत्वले पत्रकार सम्मेलनमा बोलेअनुसार अघि बढ्नुपर्छ नेपाली जनताका चाहनाअनुसार कम्युनिस्टहरू एक भएर जनताको शासन गरेको हेर्ने चाहना पूरा गर्नुपर्छ । इतिहासलाई हेर्ने हो भने, २०५४ मा एमाले विभाजन भएकै कारण माओवादी विकास भएको थियो । विभाजन हुने एमाले नभएर भिन्न पार्टी बनाउन गएकाहरू पछुताएका छन् । उनीहरूको पनि कम्युनिस्ट एक बनाउने चाहना पूरा हुनेछ । केही दिन पहिला मात्र प्रचण्डले एमालेमुक्त देश बनाउने भन्थे । एउटै ‘म्यान’ मा दुईवटा तरबार अटाउँदैन र कांग्रेससँग एकता गर्नु पुगँे भनेका थिए । त्यसको फाइदा कांग्रेसले लियो । नोक्सान माओवादीलाई भयो ।त्यो अनुभूति अहिले सबैलाई भएको छ ।

त्यही अनुभूतिले तपाईंहरूलाई एक ठाउँमा ल्याएको हो ?
–त्यति मात्र होइन खास गरेर दुई पार्टीका नेताहरूका बीचमा धेरै पहिलादेखि छलफल भइरहेको थियो । त्यसका लागि एउटा ऐतिहासिक मोड चाहिएको थियो त्यो अहिले जुरेको हो । आउने निर्वाचनमा को कहाँ छुट्नुहोला कसैले कहीँ चित्त दुखाउनु हुँदैन । म आफू चितवनका क्षेत्र प्रदेश गरी ९ मा ९ सिट जिताउन इमानदारीपूर्वक लाग्नेछु । सर्वाधिक जित्ने जिल्ला बनाएर छाड्नेछु । चितवनमा कुन पार्टीका को उम्मेदवार बन्छन् भन्ने कुराको अर्थ रहँदैन ।

भरतपुर महानगरपालिकाको मेयर रेणु दाहाललाई तपाईंको सहयोग कस्तो रहन्छ ?
–अब रेणु दाहाल माओवादी मात्र होइनन् । अब उनी हाम्रो मोर्चाको मेयर हो । हिजो प्रक्रिया के भए होलान् । तर, अब हिजोका कुरा सम्झेर हुँदैन । हिजो पनि उहाँसँग मेरो व्यक्तिगत रूपमा आग्रह, पूर्वाग्रह केही थिएन । मात्र प्रक्रियाका कुरा थिए । अबका दिनमा उहाँ समग्र वामपन्थीको मेयर हो । उहाँ असफल हुनु भनेको हामी पनि असफल हुनु हो, समग्र वामपन्थी असफल हुनु हो । म छउन्जेल त्यो असफलता आउन दिन्नँ । हरेक कोणबाट उनलाई मेरो साथ र समर्थन रहनेछ ।

प्रतिक्रिया