‘ठूला पार्टीमा युवाहरू थिचिएर बसेका छन्‘ रञ्जु दर्शना

ranju

विवेकशील साझा पार्टी केन्द्रीय सदस्य रञ्जु दर्शनाले स्थानीय तहको निर्वाचनमा देशकै पुरानो महानगरपालिका प्रमुखको उम्मेदवार बनेर चर्चा कमाइन् । छोटो समयमा समाजिक सञ्जाल र सञ्चार माध्यममा उनको चर्चा निकै बढ्यो । भर्खरै जन्मिएको विवेकशील पार्टीको तर्फबाट उनले महानगरको प्रमुखको पदमा प्रतिस्पर्दा गरिन् ।

ठूला पार्टी र खारिएका नेताहरूको भिडमा उनले अपरिपक्क युवाको संज्ञा पनि पाइन् । तैपनि तीनै ठूला पार्टीको नेताहरूले गरेका कामको आलोचना गर्दै उनले निर्वाचनमा चर्चा कमाइरहिन् । राजनीतिप्रतिको वितृष्णा त्यागेर राजनीतिमा होमिएकी रञ्जुसँग गरिएको संवादः

काठमाडौं महानगरमा मेयरको चुनाव लड्नु अघि के गर्नु हुन्थ्यो ?

म विकास सेवाको विद्यार्थी हुँ अहिले पनि पढदै छु । ०७० सालमा विवेकशील नेपाल पार्टीमा आवद्ध भए । मेयरमा लड्ने समयमा पार्टीको केन्द्रीय सदस्य थिए ।

पार्टीमा रहेको विभागीय जिम्मेवारीअनुसार मैले कार्यपालिकाको सदस्य भएर जिम्मेवारी पूरा गर्दै थिएँ । त्यही काम गर्ने क्रममा सञ्चार माध्यम र युवा पुस्तासँग मेरो निकटता बढेको थियो ।

निर्वाचनमा होमिनुअघि समाजिक काममा पनि लाग्नुभयो ?
पार्टी कामको सिलसिलामा क्रममा नगरका सबै वडामा गएर जनताका समस्या र आवस्यकता बुझ्ने काम गरे । जनतका बीचमा गएको र उनीहरूसँग साक्षतकार गरेको कारण मलाई चुनावमा जान सहयोग पु¥यायो । वडाहरूमा जाने क्रममा नगरको सरसफाइ गर्नेदेखि महिला हिंसाका विरुद्ध लागे । धेरै जान्ने र बुझने मौका पाए त्यो अवधिमा मैले ।

निर्वाचनमा जानु पहिला आफूले पढेको र बुझेको अनुभवका आधारमा जनताका घरमा गएर उनीहरूका चाहना र आवश्यकता बुझे त्यसैको आधारमा घोषणापत्र बनाएका हौँ । तर, नयाँ पार्टी युवापुस्ता भनेर ठूला पार्टी र केही जनताले विश्वास गरेनन् । हाम्रो काम र घोषणापत्रको आधारमा हामीलाई विश्वासको नजरले हेर्नुप¥यो पुराना र पाकाबाट मात्र समाज परिवर्तन हुन्छ भन्ने होइन । पुरानाका अनुभव र नयाँ पुस्ताको नविन विचार र उत्साहले समाज चल्नुपर्छ ।

सामाजिक सञ्जाल र युवा पुस्ताका बीचमा तपाईंको चर्चा निकै थियो । तैपनि भोट पुरानै पार्टीले पाए । परिपक्क नभएकै कारण जनताले विश्वास गर्दा रहेनछन् भन्ने लाग्यो कि लागेन ?
–नेपालको साथै विश्वको राजनीतिक इतिहास हेर्ने हो भने हरेक परिवर्तनको मुख्य पुस्ता भनेको युवा हो । राणाशासन पनि युवाले फालेको हो । नेपालको हरेक परिवर्तनमा युवाहरूले निर्णयक भूमिका खेलेका छन् । राजनीतिमा धेरै कुरा लड्दै सिक्दै अगाडि बढ्ने हो । समय र आन्दोलनले मान्छेलाई जीवनभर सिकाइरहन्छ । हरेक कुरा पहिला नै तय भएको हुँदैन ।

जहाँसम्म योजना बनाउने कुरा छ त्यो युवाले सक्दैन भनेर अविश्वासको दृष्टिले हेर्ने काम बन्द गर्नुपर्छ । म निर्वाचनमा विना योजना होमिएको थिइन् योजना बनाएर नै लडेको हुँ । काठमाडौं महानगरपालिकालाई उत्कृष्ट बनाउन कहाँकहाँ के के गर्नु आवश्यक छ त्यसको अध्ययन गरेर लिखित योजनासहित निर्वाचनमा गएको थिए । हाम्रो ती घोषणपत्र अहिले पनि तपाईंहरूले हेर्न सक्नुहुन्छ । त्यो तयार गर्नुपूर्व करिब २ हजार घर परिवारका बीचमा गएर सर्वे गरेका थियौँ । जनताका आवश्यकता र चाहना सबै बुझेको छु ।

निर्वाचन हारेपछि आफूमा पनि केही कमी भयो होला भन्ने सोच्नुभयो कि भएन ?
निर्वाचन जित्न नसके पनि धेरै नगरवासीको मन जितेका छौँ । अहिले पनि यहाँका जनताले माया गर्छन् । उनीहरूको बीचमा नयाँ सन्देश दिन सकेका छौँ । तेस्रो चरणको स्थानीय निर्वाचनमा धेरै युवाहरू निर्वाचनमा होमिनुको कारण हाम्रो एजेन्डा पनि एक हो । युवाहरू पनि जनताका बीचमा जिम्मेवारीपूर्वक जानुपर्छ भन्ने सन्देश दिएका छौँ हामीले । जहाँसम्म निर्वाचन हार्नुको कारण हो त्यसका पछि धेरै कारण छन् ।

पहिलो कारण हो निर्वाचन प्रचारप्रसारका लागि हामीले प्रर्याप्त समय पाएनौँ । ४ दिनको समयमा १ लाख ८० हजारभन्दा बढी मतदातासम्म जान सम्भव थिएन । मेरो प्रचारको माध्यम भनेको सामाजिक सञ्जाल र सञ्चार माध्यम थिए । जसले मलाई सहयोग पु¥यायो । दोस्रो ठूलो संख्यामा रहेको युवा पुस्ताको राजनीतिक वितृष्णा थियो उनीहरूले मतदाता नामावलीमा आफ्नो नामै समावेश गरेका थिएनन् । जो मेरा समर्थक थिए उनीहरूले भोट हाल्नै पाएनन् । मैले पाएको भोट संगठन भएर पाएको होइन हाम्रा कुरा सुनेर पढेर दिएका थिए ।

राजनीति गर्न चर्का र आकर्षक भाषण गरेर मात्र पुग्दो रहेनछ भन्ने र देखियो नि होइन ?
हो मैले केही ठूला पार्टीका ठूला नेताहरूको नामै तोकेर आलोचनासहित भाषण गरे युवापुस्ता र पुराना पार्टीका नेताका कारण वितृष्णा भएकाहरू वाहि वाहि पनि पाए । तर, मेरा ती आलोचनात्मक भाषणविना तुकका आधारहिन भने थिएनन् । एउटा उदाहरण भनौँ, सरकारले प्रधानन्यायधीशलाई विनाकारण रातारात महाअभियोग लगाउने काम ग¥यो । आधारहिन र विनाकारण लगाइएको थियो त्यो महाअभियोग ।

त्यस्ता समस्यामा मैले उठाए, त्यसमा जोडिएका नेताहरूलाई नाम तोकेर आलोचना गरेँ । ती नेताहरूले जति गल्ती गरेका जति अझ मैले भनेको थिइन । सत्ताका आडमा उनीहरूले मैले आलोचना गरेभन्दा धेरै स्वार्थ पूरा गरेका छन् । समय क्रममा त्सको जवाफ जनताले दिनेछन् । मैले सिकेको कुरा के हो भने । आउने दिनमा शब्द र भाषा प्रयोग गर्दा विचार पु¥याउनु पर्छ । ती कुरामा ध्यान दिँदै कमीकमजोरीको आधारमा आलोचना गरिरहने छु ।

ranju2

जीवनलाई राजनीतिमा नै लगाउन के के कुरा सिक्नपर्छ भने लाग्यो ?
–आउने दिनमा आफू पनि र अरूलाई पनि संस्कार परिवर्तनका विषयमा म सचेत गराउनेछु । तर, ठूला पार्टी र ठूला नेताको नाममा गरिएका र भएको गलत कामको भन्डाफोर गर्न र जनताका बीचमा लान भने छोड्दिनँ । जनतालाई सचेत गराउनु मेरो दायित्व हो ।

महानगरजस्तो ठूलो ठाउँमा नयाँ पार्टी र युवा उम्मेदवारले भएको कारण तपाईंले पाएको भोट धेरै नै हो । अझ ठूलो र पुरानो पार्टीबाट निर्वाचनमा गएको भए जितिन्थ्यो कि भन्ने लागेन ?
–यो धेरैले भने, अहिले पनि ठूलो पार्टीमा लाग्नुस् भनेर सुझाव दिनेहरू छन् । म ४ वर्ष अघिसम्म चुनावमा भोट पनि हाल्दिनँ भनेर बसेको मान्छे ।

नेता र पार्टीप्रति वितृष्णा थियो । पुराना पार्टीहरूले गरेका कामप्रति ममा आक्रोश थियो । त्यही क्रममा म विवेकशील पार्टीमा जोडिए । पार्टीका नेताहरूले नेता र राजनीतिप्रति युवापुस्तामा किन वितृष्णा बढ्दै छ भन्ने बारेमा सोच्नुपर्छ । पुराना पार्टीहरूमा युवाहरूलाई प्रयोग मात्र गर्ने संस्कार छ ।

अवसर र पद जति पुराना र वरिष्ठका नाममा बुढाहरूले लिने गर्छन् । हरेक पुराना पार्टीमा योग्य र सक्षम युवाहरू छन् हाम्रो भाषामा उनीहरूलाई ‘खतरा’ भन्छाैँ । तर, उनीहरू अवसर नपाएर थिचिएर बसेका छन् । ती युवाको टाउकोमा टेकेर नेताहरू माथि जानुहुन्छ । तर, ती युवाको हात समातेर माथि तान्ने प्रयास कहिल्यै गर्नु हुँदैन । बुढा नेताहरूको पर्खालको धेरैमा छन् ठूला पार्टीका युवाहरू । म पनि त्यहाँ गए भने मेरो हालत पनि त्यही हो पत्याउँदैनन् ।

समाज परिवर्तनमा संवाहक युवा शक्ति हुन् । तर, नेतृत्व र निर्णय भने पाकाले गर्नुपर्छ भन्नेछ । त्यसैको आधारमा तपाईंलाई पनि पूर्णरूपमा जनताले विश्वास नगरेको हो कि ?
–मैले पुराना अग्रज सबैलाई अनादार गर्न खोजेको होइन । मलाई पनि निर्वाचनमा तिनै अग्रजहरूले साथ, सुझाव दिनुभएको थियो । हरेक मान्छे एकपटक वृद्ध हुन्छ । तर, उमेर पाको भइसक्दा पनि एउटै व्यक्तिले पदमा टाँसिएर बस्ने प्रवृद्धि अन्त्य हुनुपर्छ । पाकाहरूले अभिभावकीय भूमिकामा बसेर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने संस्कारको सबैले विकास गर्नुपर्छ । ६०÷७० वर्षसम्म एउटै व्यक्ति नेतृत्वमा बस्नु हुँदैन । यो कुरा जनताले विस्तारै बुझ्नेछन् । आमरूपमा स्थापित हुनेछ ।

महानगरमा तपाईंले राम्रौ मत पाउनुभयो । जे जति जनताले भोट दिए मेयर बनाउन नै भनेर दिए । त्यसको आधारमा महानगर बनाउने तपाईंको पनि दायित्व हो कि होइन ?
मैले निर्वाचनमा जनतालाई भनेको थिएँ । हारे पनि जिते पनि जनताको घरमा आउनेछु । मैले हारेपछि सबै वडामा गए र जनतालाई धन्यवाद दिए । अहिले सबै वडामा व्यवस्थित पार्टी कमिटी छन् । ती कमिटी जनतासँग प्रत्यक्ष सरोकार राख्ने सामाजिक काममा लागेको छ । जनतासँगको सम्बन्धलाई निरन्तर राखेका छौँ । जहाँसम्म नगरप्रतिको काम छ मैले दबाब दिने हो । खाल्डाखुल्डी पुर्ने वा निर्माणका काम मैले गर्न सक्दिनँ । त्यसका लागि मसँग स्रोत पनि छैन र सम्भव पनि छैन । त्यो महानगरपालिकाले गर्ने हो । त्यसमा मैले सुझाव सल्लाह दिने काम गरेको छु । त्यसबाट म भागेको छैन । भाग्दिनँ पनि ।

३ महिनामा महानगरपालिकाले गरेको कामप्रति जनता सन्तुष्ट छैनन् तपार्इं सन्तुष्ट हुनुहुन्छ ?
–स्थानीय तहमा २० वर्षदेखि जनप्रतिनिधि थिएनन् । लामो रिक्तताका कारण हरेक क्षेत्र जीर्ण थिए । जनताका आकांक्षा र समस्या असीमित छन् । बाटोमा, गल्लीमा हिँड्दादेखि वडा कार्यालयसम्म जाँदा जनताका पीडैपीडा र समस्या नै समस्या छन् । जनताले स्थानीय निर्वाचनपछि सबैप्रकारका समस्या समाधान होलान् भन्ने आश गरेका थिए । तर, जनताको अपेक्षा जाहेज हुँदाहुँदै पनि सबै समस्या एकैपटक समाधान गर्न सकिँदैन ।

तर, पनि ३ महिनामा सामान्य सुधारका कामसमेत नहुँदा जनतामा वितृष्णा बढेको छ । केही न केही कामको संकेत हुनुपर्ने भएका छैनन् । अर्कोतर्फ महानगरले केही विवादास्पद निर्णय गरेका कारण पनि जनता आक्रोशित छन् । जस्तो मोबाइल र गाडी किन्ने विषयले नगरपालिकालाई विवादमा पारेको छ । जनतामा यसको ठूलो आक्रोश छ ।

ranju3

मोबाइल र गाडी आवश्यकता थिएन ?
–आवश्यकता थियो । मोबाइल भनेको आवश्यक वस्तु हो र जनप्रतिनिधिलाई चाहिन्छ । तर, त्यो निर्णय गर्नुपूर्व अन्य केही राम्रो काम गरेर जनतालाई आवश्यकताको पुष्टी गर्नुपर्ने थियो ।

गाडी पनि त्यहि हो महानगरपालिकाको मेयरले एउटा नयाँ गाडी लिनुलाई ठूलो विषय बनाउनु हुँदैन । तर, त्यसको आवश्यकता पुष्टी गर्दै जनताका आधारभूत समस्यामा ध्यान पनि पु¥याउनुपर्ने थियो ।  मेयरले पहिला राजधानीका सडक राम्रो बनाउनुप¥यो र नयाँ गाडी चढनु प¥यो ।

उहाँले पनि काममा सहजता पाउनु पर्छ । तर, यही ३ महिनालाई हेरेर आलोचना मात्र गर्नु हुँदैन उहाँसँग काम गर्न ५ वर्ष छ यो बीचमा धेरै काम गर्नुहोला भन्ने लागेको छ । हामी उहाँलाई काममा पूर्ण सहयोग गर्न चाहन्छौँ ।

तपाईंको भेटघाट अथवा सुझाव सल्लाह दिने काम भएको छ ?
–उहाँको शपथपछि एकपटक पनि भेट भएको छैन । उहाँको पिएमार्फत भेट्न निकै प्रयास गरेको सकेको छैन । भेट गर्ने अवसर जुटेकै छैन । मैले उहाँको आलोचनाभन्दा पनि काम हेर्दे छु अहिले नै पूर्णरूपमा काम गर्नु भएन भन्न मिल्दैन । कामका आधारमा आलोचना गर्नुपर्छ ।

जनताका धेरै अपेक्षा थियो तर केही भएन भन्दै आलोचना छ त ?
महानगरले गर्न सक्ने सामान्य तर जनताको दैनिकीमा प्रभाव पर्ने धेरै कामहरू छन् । ती काममा महानगरपालिकाको ध्यान जानुपर्छ । जस्तो सडकको धुँवाधुलो नियन्त्रण गर्न कमसेकम ट्यांकरले पानी भने पनि छर्कन सकिन्थ्यो । महानगरमा भएका स्रोत र साधन प्रयोग गरेर जनतालाई सहज बनाउनुपर्ने थियो । त्यो पनि गर्न सकिएको छैन । फेरी पनि जति कराए पनि ५ वर्षका लागि विद्यासुन्दर यस महानगरपालिकाको मेयर हुन् त्यसैले रचनात्मक आलोचना गर्दे काममा सुझाव दिँदा राम्रो हुन्छजस्तो लाग्छ ।

तपाईंको सुझाव के हो ?
निर्माणका नगरपालिकाभित्र जहाँजहाँ खाल्डो खनिएको छ भने त्यो पूर्ने काम उसैलाई लगाउनुपर्छ । त्यसका लागि जनताले पनि सहयोग गर्नु प¥यो, कहाँ कसले काम गर्दै छ भनेर थाहा पाएको कुरा नगरपालिकालाई जानकारी दिनुप¥यो । मेयरले पनि यो महानगर मेरा हो र यहाँका जनताका स्वास्थ्यको बारेमा चिन्ता हुनुप¥यो । विकासका नाममा भएका विनास रोक्नुपर्छ । महानगर सुधारमा सबैले आफ्नो ठाउँबाट लाग्नुपर्छ सबैले नगरपालिकाको मात्र मुख ताकेर मात्र हुँदैन । जसले जहाँबाट सकिन्छ काम गर्नुपर्छ ।

तपाईंको अबको लक्ष्य के हो ? जीवन पूरै राजनीतिमा लगाउने हो ?
–राजनीति संस्कारलाई राम्रो बनाउन होमिएको हुँ, त्यो बाटो छोड्दिनँ । मैले भेटेको हरेक जनताले भनेका छन् यो पटक नभए पनि अर्कोपटक तपाईं नै हो, तपाईंले केही गर्नुपर्छ भनेका छन् । त्यसले जनताको मप्रति आशा र भरोसा छ भन्ने लागेको छ । पार्टीभन्दा माथि उठेर जनताका सेवामा लगाउनेछु । मेरो हरेक समय जनताका लागि हो उनीहरूका लागि नै समय दिनेछु । समाज परिवर्तनका लागि आफूले सकेको र क्षमताले भ्याएको काम गर्नेछु ।
प्रस्तोताः चमिना भट्टराई

प्रतिक्रिया