काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको राज्य प्रणालीमा निष्ठाको खडेरी परेको बताएका छन् ।‘परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्रणालीले भोग्नुपरेको चर्को खडेरी हो’, उनले भने ।रामनवमीको पावन अवसरमा शुभकामना सन्देश दिँदै उनले भने, ‘रामनवमीले त्याग, मार्यादा र लोकमान्यताजस्ता उच्च गुण सम्झना गराउने भएकाले मर्यादा पुरुषोत्तम रामको दिव्य स्मरण गर्ने आजको दिनले हामीलाई त्यागशीलता, मर्यादा तथा लोक मान्यताजस्ता उच्चतम गुण एवं गरिमाको सम्झना गराउँदै त्यसतर्फ लाग्न उत्साहित गर्दछ ।’ ‘त्यसैले भगवान् रामले देखाएको सत्य निष्ठा, मर्यादा तथा लोकसम्मत राज्य व्यवस्थाजस्ता विषय आजको नेपालमा टड्कारो आवश्यकताको रूपमा देखापरेको छ’, उनले सन्देशमा भनेका छन् । उनले रामनवमीका अवसरमा नेपाली भूलोकमा सबैलाई ‘सबैको हित गरौं’ भन्ने दिव्य आदर्श दिन सकोस् भन्ने कामना गरेका छन् ।
प्रतिक्रिया