अनुको मनमा कुरा चलेपछि

anu-and-rajकाठमाडौं, २६ वैशाख । गायिका रजिना रिमालको कर्णप्रिय स्वरमा गीतकार अनु शाहको गीत ‘के के चल्छ मनमा कुरा’ बजारमा आएको छ । चलचित्रदेखि आधुनिक गीतसंगीतमा राम्रै पकड जमाएकी गायिका रजिनाको स्वरमा रहेको यो गीतमा गीतकार अनु शाह अनुराधाले मोडलिङ गरेकी छन् ।

उनकै शब्दमा रहेको उक्त गीतलाई राजीव शाहले संगीत दिएका छन् । अनन्त तिमिल्सिनाले यो गीतको भिडियो निर्देशन गरेका हुन् । पछिल्लो समयमा अनन्त म्युजिक भिडियो निर्देशनमा सक्रिय रूपमा लागेका छन् । अनुको साथमा राजले भिडियोमा काम गरेका छन् । १ महिलाले १ युवकसँगको प्रेम कल्पना गरेको विषयलाई भिडियोमा तयार पारिएको छ । भिडियोको लोकेसन राम्रो छ । रामकुमार केसीको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया