यम बराल डिस्कोमा भए जोकर

Yam-Baralकाठमाडौं, २६ वैशाख । नेपाली सुगम संगीतमा अब्बल मानिएका गायक यम बरालले विदेशमा देखिएको युवाहरूको चर्तिकलालाई गीतमार्फत पेस गरेका छन् । उनी करिब २ हप्ताको अस्ट्रेलियाको सांगीतिक कार्यक्रम सम्पन्न गरेर यतिबेला नेपाल फर्किसकेका छन् । अस्ट्रेलिया बसाइँकै क्रममा यमले पप र रेस्टुरेन्टमा देखेका कुराहरूलाई गीतमार्फत प्रस्तुत गरेका हुन् ।

उनले भर्खरै गाएको गीत ‘डिस्को गइयो, पिरतीमा जोकर भइयो ।’ बोलको गीत बजारमा ल्याएका छन् । यो गीतमा उने युवतीको मायामा भुलेर डिस्को र पप जाँदा हुने बिचल्ली र विजोगलाई प्रस्तुत गर्न खोजेका छन् । यस्तो अवस्था सिड्नीमा उनले व्यापकरूपमा देखेछन् र भन्छन्, ‘सिड्नीमा भन्दा त काठमाडौंमा झनै बढी देखेँ । अस्टे«लियामा विदेशीको जीवनमा देखेँ तर नेपालमा नेपालीहरूकै जीवनमा’ उनले भने । यमले कुरा लुकाउन खोजे पनि यो गीत उनको जीवनसँग पनि मेल खान्छ भन्न सकिन्छ ।

‘त्यति धेरै त होइन तर म पनि अछुतो भने छैन’ यमको भनाइ छ । सिड्नीमा विदेशी केटीहरूको विश्वास गर्दा फसिने र पछि जोकर भइने कुरालाई गीतमा प्रस्टाइएको छ । गीतमा समस्या मात्र नभएर समाधानको बाटोलाई पनि उनले मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरेका छन् । यमको भनाइमा उनले यस्तो फास्ट र चटपटे गीत पहिलोपटक गाएका हुन् । यम यो गीतको मर्म सिड्नीबाट प्रभावित भएता पनि नेपालमा मात्र नभएर विदेशमा रहेका नेपालीको जीवनमा मेल खाने कुरा उनी बताउँछन् र उनले गीत जस्तो नगरेर र नफस्न आग्रह गरे ।

प्रतिक्रिया