‘सितेबा’ धुर्मुस–सुन्तलीलाई ५० हजार दिए

sitebaकाठमाडौं, २५ वैशाख । हाँस्य टेलिश्रृंखला भद्रगोलका पात्र ‘सितेबा’ उर्फ मधुसुदन पाठकले रिजु पौडेलसँग वैवाहिक जीवनमा बाँधिएको एक वर्ष पुगेको अवसरमा धुर्मुस–सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग गरेका छन् । ‘ए हो ठीकै छ’ थेगोले परिचित पात्र ‘सितेबा’ले सिन्धुपाल्चोकको गिरानचौरमा हाँस्यकलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले बनाउन लागेको एकीकृत बस्ती निर्माणका लागि पाठकले ५० हजार एक रुपियाँको चेक हस्तान्तरण गरेका हुन् ।

सहकारी व्यवसायमा समेत सक्रिय पाठकले आफू आबद्ध संस्था जेष्ठ सहकारीको तर्फबाट पनि आर्थिक सहयोग हस्तान्तरण गरेका थिए । उनले बस्ती निर्माणका क्रममा आफ्नो व्यक्तिगत तथा संस्थागत सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया