काठमाडौं, २४ बैशाख । नवराज बुढाथोकीको निर्देशनमा निर्माण हुने चलचित्र ‘भुइँमान्छे’ मा निर्देशक रमेश बुढाथोकीले सपना देखेको एउटा प्रतिभाशाली तर कहिल्यै अवसर नपाएको भुइँमान्छेको चरित्र निर्वाह गर्ने भएका छन् ।
राम्रा निर्देशक, राम्रो पटकथा लेखक, रंगमञ्चमै खरिएका कलाकार बुढाथोकीले यसलाई आफ्नो फरक क्षमता प्रदर्शन गर्ने भएका हुन् । यिनै निर्देशक कुनै अस्पतालको मुर्दा घरमा लास चिर्दै गरेको दृष्यमा आउने भएका हुन् । केही महिनापछि आउन लागेको उक्त चलचित्रमा उनले एप्रोन लगाएर मुर्दा चिर्ने पात्रको रूपमा आउने उनले बताए ।
‘मैले अहिलेसम्म अभिनय गरेको मध्ये फरक चरित्र हो यो ।’ बुढाथोकीले भने ‘यो चलचित्रमा मेरो काम लास चिर्ने हो ।’ यस्तो चरित्रको जन्म कसरि भयो ? निर्देशक बुढाथोकी खुल्न चाहेनन् । उनले यत्ति भने ‘तपाई आपैmँ बुझ्नुस् यो चलचित्रमा रियलमै भुइँमान्छेको कथा छ ।’ भलिबल स्टार सिपोरा गुरुङ र प्रविन खतिवडाको पनि अभिनय यो चलचित्रमा रहनेछ ।
४ दर्जन बढी फिचर चलचित्रमा अभिनय गरेका बुढाथोकीले १४ सय बढी सिरियलमा अभिनय गरेका छन् । रंगमञ्च हुँदै चलचित्रमा प्रवेश गरेका बुढाथोकी कुशल निर्देशक पनि हुन् । ११ चलचित्रको निर्देशन गरेका बुढाथोकी अहिले नयाँ पुस्ताका कलाकार लिएर नयाँ चलचित्र निर्देशनको तयारीमा जुटेका छन् ।
प्रतिक्रिया