मुम्बई । ३ वर्ष पहिले आत्महत्या गरेकी नायिका जिया खानको मृत्युको मामलामा उनको ब्वायफ्रेन्ड रहेका सुरज पञ्चोली घेरामा पर्दै गएका छन् । सुरजमाथि जियाको बलात्कार, हत्या र गर्भपतन गराएको भन्दै मुम्बईस्थित विशेष अदालतमा मुद्दा दायर गर्न माग गरिएको छ ।
प्रहरी र सिबिआईले सुरजमाथि केबल जियालाई आत्महत्या गर्न उक्साएको आरोप लगाएको थियो । अदालतमा बिहीबार भएको सुनुवाइको क्रममा वादीले सुरजमाथि बलात्कार र हत्याको आरोप पनि लगाउन माग गरेको हो । सुरजले भने आपूmलाई लगाइएको मुद्दाबाट डिस्चार्ज गर्न माग गरेका छन् । उनले बम्बई उच्च अदालतमा यसबारेमा रिट पनि दायर गरेका छन् ।
सुरजका वलिकले भने सुरजमाथि लगाइएका आरोप पुष्टी गर्न सबुत पर्याप्त नभएको अदालतलाई बताएका छन् । गर्भपतन पनि जिया आफैँले क्लिनिक गएर गरेको सुरजका वकिल प्रशान्त पाटिलले अदालतलाई बताएका छन् ।
नायिका जिया खानले सन् २०१३, जुन ३ मा फाँसी लगाएर आत्महत्या गरेकी थिइन । जियाको आमाले उच्चअदालतमा पिटिसन दायर गरी सिबीआईबाट जाँच गराउन माग गरेकी थिइन् । जियाकी आमा राबियाले जियाको हत्या भएको दाबी गर्दै आएकी छिन् । सिबिआइले जाँचपश्चात् सुरज पञ्चोलीमाथि गम्भीर आरोपसहित अदालतमा फाइल पेस गरेको थियो । यो मुद्दामाथि फेरी मे २० मा अदालतमा अर्को सुनुवाइ हुने तय भएको छ । अमेरिकामा जन्मेकी जिया २५ वर्षकी थिइन । उनले ‘निःशब्द’ र ‘गजनी’ जस्ता फिल्ममा काम गरेकी थिइन । (एजेन्सी)
प्रतिक्रिया