कोरियन चलचित्रको छायांकन नेपालमा

काठमाडौं, २४ वैशाख । नेपालको प्राकृतिक सौन्दर्यतालाई कोरियन चलचित्र निर्देशक किम चलहाङले पर्दामा उतारेका छन् । दक्षिण कोरियाको राजनीतिक पीडाबाट ग्रसित बनेका जनताको कथामा कोरियन चलचित्र बनेको हो ।

जसको ७० प्रतिशत छायांकन नेपालमा भएको छ । निर्देशक किम चुलहाङले नेपालका सौन्दर्यलाई पर्दामा उतारेको जानकारी दिएका छन् । अहिले यो चलचित्रका निर्देशक र नायिका नेपालमै छन् । गतवर्ष भूकम्प गएकै समयमा खिचिएको चलचित्र ‘एभरग्रिन २०१४’ले लामो समयदेखि राजनीतिक पीडाबाट ग्रसित कोरियन नागरिक र उनीहरूको जीवन संघर्षलाई पर्दामा उतारेको छ । किमका अनुसार नेपाल र कोरियाको भौगोलिक बनावट पनि मिलेकाले यो चलचित्र नेपालमा खिचिएको हो । यस्तै, कोरियाको राजनीतिक पीडाबाट ग्रसित नागरिकमध्ये अधिकांश नेपालमै रहेकाले पनि यो चलचित्रलाई नेपालमा खिचिएको हो ।

जनताको चाहना विपरीत तानाशाही रूपमा जापानको आडमा निर्वाचित कोरियाका राष्ट्रपतिविरुद्ध चलचित्रले आवाज उठाएको निर्देशकले जानकारी दिए । सन् २०१२ देखि सन् २०१५ सम्म कोरियाका जनताले भोगेको पीडालाई पर्दामा उतारिएको हो । चलचित्रकी नायिका किम नाराले नेपाली वातावरण मन परेको बताइन् । पुरानादेखि नयाँ नेपाली चलचित्रसम्म हेरेको बताउने किमले नेपाली महिलाले लगाउने सारी लगाएर आत्मीयता देखाइन् । यो चलचित्रको केही दिनमा नै काठमाडौंमा विशेष सो आयोजना गरिनेछ । चलचित्रको छायांकनका लागि नेपाली प्राविधिकहरू सहभागी थिए ।

प्रतिक्रिया