काठमाडौं, २० वैशाख । नेपाली संगीतमा मध्यम चर्चामा रहेका युवा गायक रेवत राईले आफ्नै गीतको म्युजिक भिडियोमा मोडलिङ गर्दै नयाँ आयाममा प्रवेश गरेका छन् । उनले गाएको गीत ‘चार धाम घुमी आएँ भन्छौ’ बोलको गीतमा मोडलिङ गरेका छन् ।
गायक रेवतको आफ्नो डेब्यु एल्बम ‘इमर्ज’ मा समाविष्ट गीत ‘चार धाम घुमी आएँ भन्छौ’को भिडियो निर्माण गरेका उनले हालै म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उक्त गीतमा नायिका निता ढुंगानाको साथमा अनुप राई, माधव पण्डित र स्वयं गायकको अभिनय देख्न सकिन्छ । निर्देशक दिनेश डिसीको निर्देशनमा बनेको भिडियोलाई मानकृष्ण महर्जनले खिचेका हुन् भने सम्पादनचाहिँ नहकुल खड्काले गरेका हुन् । विरेन्द्र राईको शब्द रहेको यस गीतमा सुरेश अधिकारीको संगीत र राजन इशानको संगीत संयोजन रहेको छ ।
भिडियो हेर्न तल जानुहोस
प्रतिक्रिया