काठमाडौं, १९ वैशाख । चलचित्र ‘राधा’ कोट छायांकन पूर्वाञ्चलको झापामा हुने भएको छ । निर्देशक योगेश घिमिरेको यो चलचित्रको शुक्रबार शुभमुहूर्त भएको हो ।
निर्देशक घिमिरेले आफ्नो नयाँ चलचित्र ‘राधा’को मुहूर्तमा कलाकारलाई निम्ता पनि दिएनन् । यो चलचित्रको शुक्रबार मुहूर्त गरियो तर मुख्य कलाकार नै थिएनन् । निर्देशक घिमिरेले यसपटक आफूले फरक योजनाका साथ चलचित्रको काम अगाडि बढाएको बताए । उनले प्रचारका लागि पनि नयाँ तरिका अपनाइने जानकारी दिएका छन् ।
काठमाडौंको एक मन्दिरमा मुहूर्त गरिएको यो चलचित्रको छायांकन २२ वैशाखदेखि हुने जनाइएको छ । चलचित्रमा जीवन लुइँटेल र संचिता लुइँटेल मुख्य कलाकारका रूपमा छन् ।
यो चलचित्रमा संचिता शीर्ष भूमिकामा देखिनेछिन् । निर्देशक घिमिरे यसपटक आफ्नो चलचित्रको स्वाद केही फरक हुने दाबी गर्छन् । ‘राधा’ले महिलाको कथा भन्ने उनको भनाइ छ । संचिताको डुब्दो करिअर र जीवनको असफल चलचित्र यात्रामा ‘राधा’ कोशेढुंगा हुने अपेक्षा गर्न सकिन्छ ।
प्रतिक्रिया