नेपाली युवाको चित्र ताइवानमा

art pictureकाठमाडौं, १६ वैशाख । ताइवानको राजधानी ताइपेईमा अवस्थित वल्र्ड ट्रेड सेन्टरको हल थ्रिमा ५ दिनसम्म चलेको अन्तर्राष्ट्रिय कला मेलामा नेपाली युवा कलाकार उमेश साहको चित्र छनौटमा परेको छ । विश्वभरिका ४ हजार ५८ कलाकृतिबाट ७३ देशका १ सय ९ कलाकृति छानोट गरी प्रदर्शनीमा राखिएको साहले जानकारी दिएका छन् । मेला सकिएपछि सहभागी कलाकारलाई ‘इन्टनेसनल आर्टिस्ट ग्रान्ड प्राइज’ दिइने र त्यसका लागि आफ्ना २ कलाकृति छानिएको उनले बताए ।

ब्रम्हापुरी–६, सर्लाहीमा ४० वर्षअघि जन्मिएका साहले काठमाडौं विश्वविद्यालयबाट कलामा स्नातक र इन्दिरा कला संगीत विश्वविद्यालय छत्तिसगढबाट स्नातकोत्तर गरेका छन् । दर्जनौँपटक देश विदेशमा सामूहिक कला प्रदर्शनीमा सहभागी भएका छन् । उनले ४ पटकसम्म एकल कला प्रदर्शनी गरेका छन् ।

प्रतिक्रिया