प्रवासी नेपालीको म्यूजिक भिडियो

maldivs copyकाठमाडौं । बैदेशिक रोजगारीको सिलसिलामा प्रबासमा रहेका नेपालीहरूले म्यूजिक भिडयो निर्माण गरेका छन् । मध्यपश्चिमको बाँके, बर्दियातिर घर भएका केही नेपाली युवाहरू अहिले माल्दिभ्समा छन् । रोजगारी सँगसँगै कलाकारितालाई अगाडि बढाइरहेका ती युवाहरूले ‘बर्दियाली गु्रप माल्दिभ्स’ भन्ने संस्था नै स्थापना गरेका छन् ।

उनीहरूले आफ्नो पहिलो प्रस्तुतिको रूपमा बागेश्वरी म्यूजिकबाट भर्खरै मात्र बजारमा आएको प्रमोद खरेलको स्वर रहेकोे ‘मायाले जहर खनायो’ बोलको गीतको म्युजिक भिडियो निर्माण गरेका छन् ।

माल्दिभ्सकै विभिन्न रमणीय स्थानमा छायाँकन गरिएको उक्त भिडियोलाई छोटो समयमा धेरैले रुचाएको निर्देशकको प्रशान्त थापाको भनाइ छ । प्रशान्त निर्देशित उक्त भिडियोमो ईन्द्र सापकोटा, केशव चालिसे, सरिना तामाङ र लिला मगरले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा मुख्य भुमिका निभाएका मोडल ईन्द्र सापकोटाले प्रवासमा म्यूजिक भिडियो गर्नु गाह्रो काम भएको बताए ।

गीतका सर्जक खेम सारु मगरले गीतको शब्दलाई न्याय गर्ने गरी भावअनुसार वियोगान्त म्युजिक भिडियो बनेकाले अन्य गीतहरूको तुलनामा यो म्यूजिक भिडियो फरक भएको बताए । माल्दिभ्सबाट गीतको बजारमा व्यवस्थापन गरिरहेका लोकबहादुर सलामीले प्रवाशमा ठूलो धनराशी खर्चेर तयार पारिएको म्यूजिक भिडियोलाई आफूले स्वदेश तथा विदेशमा पु¥याउने बताए । (सौस)

प्रतिक्रिया