काठमाडौं, २५ चैत । पूर्वेली लोकगीतहरुको हारमा नयाँ गीत थप्दै जीवन खाजुम लिम्बुले भर्खरै ‘सुन्तला बोकी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । पुर्वेली लोकभाकामा रहेको ‘सुन्तला बोकी’ बोलको गीतको शब्द रुद्र श्रेष्ठले लेखेका छन् भने जीवन खाजुमले यसको लयसंकलन गरेका छन् ।
गीतको ऐरेन्ज कुन्दन राईले गरेका छन् । पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो इटहरीमा रेर्कड भएको गीतको म्युजिक भिडियोमा भने नृत्य निर्देशक लक्ष्मी समाल मगरको निर्देशन तथा नृत्य गरेकी छन् । आयुष मगरका साथमा अन्य कलाकारहरुलाई समेत नचाएको गीतमा कोरीयो ग्राफी सेत लक्ष्मिले नै गरेकी हुन् । म्यजिक भिडियोको निर्देशन भने रूद्र श्रेष्ठले गरेका हुन् ।
प्रतिक्रिया