गृहमन्त्रीलाई फिर्ता बोलाउन माग

काठमाडौं, २६ मंसिर । एमाओवादी स्थायी समिति बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतको चर्को आलोलना भएको छ । शनिबार बिहानै आयोजना गरिएको सो पार्टीकोे स्थायी समिति बैठकमा गृहमन्त्री बस्नेत अनुहार बिगारेर नतमस्तक देखिए । बैठकमा बोल्ने केही स्थायी कमिटी सदस्यहरूले मन्त्री बस्नेतमाथि प्रचण्डलाई सिध्याएर पार्टी कब्जा गर्न खोजेको आरोप लगाए ।

गृहमन्त्री बस्नेतमा लिनप्याओवादी प्रवृत्ति देखिएको स्थायी समिति सदस्य गोपाल किरातीले बैठकमा आरोप लगाएका थिए । लिनप्याओ चिनियाँ नेता माओत्सेतुङका उत्तराधिकारी थिए, जसले माओलाई मारेर आफू पार्टी अध्यक्ष एवं राष्ट्रपति हुने असफल षड्यन्त्र गरेका थिए । सुरुमा माओको अति गुणगान गरेर विश्वास जित्ने र पार्टी कब्जा गर्ने उनको सोचाइ थियो । पछि उनी विमान दुर्घटनामा परेर मरे । एमाओवादीभित्र बेलाबेला उनै लिनप्याओको नाम लिने गरिन्छ ।

शनिबार बिहान प्रचण्ड निवासमा बोलाइएको स्थायी कमिटी बैठकमा एमाओवादी स्थायी कमिटी सदस्य किरातीले गृहमन्त्री बस्नेतमाथि लक्षित गर्दै भने, ‘बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेलामा प्रचण्डपुत्र प्रकाश दाहाल र विद्यार्थी नेता कृष्ण केसीलाई सगरमाथा चढ्न २ करोड रुपैयाँ निकासा गरेर प्रचण्डको टाउकोमा २ करोडको घन हान्ने काम गरियो । अहिले फेरी भूकम्पपीडितको कोटामा प्रचण्डकी नातिनीलाई चीन पठाएर नेतृत्वलाई बदनाम गराउने काम भएको छ ।’

मन्त्री बस्नेतको यो कदमलाई किरातीले षड्यन्त्रको संज्ञा दिएका छन् । खरोरूपमा प्रस्तुत हुँदै किरातीले बैठकमा भने ‘बाबुरामका पालामा भएको सगरमाथाकाण्डमा जस्तै प्रचण्डलाई बदनाम गरेर पार्टी आफ्नो कब्जामा लिने लिनप्याओवादी षड्यन्त्रअन्तर्गत यो काम भइरहेको छ ।’

बैठकमा बोल्दै किरातीले आफ्नी नातिनीको चीन भ्रमणबारे प्रचण्डले थाहा छैन भनेको प्रति अविश्वास प्रकट गरे । बैठकमा किरातीले भने, ‘बाटामा आउँदा आउँदै १ जना पत्रकारले मलाई फोनमा भने, आफ्नी नातिनीलाई सामान्य ज्वरो आएको त थाहा हुने प्रचण्डलाई नातिनी चीन जानेकुरो कसरी थाहा हुँदैन ?’ किरातीले यस्तो प्रश्न गरेपछि प्रचण्डले आपूmलाई शुक्रबार बिहान मात्रै नातिनीको चीन भ्रमणबारे थाहा भएको तर आपूmले रोक्न नसकेको बताएका थिए ।

भूकम्पपीडितको कोटामा यसरी आफन्तलाई पठाउनु गम्भीर कमजोरी भएको प्रचण्डले बैठकमा बताएका थिए । गृहमन्त्री बस्नेतले पनि आपूmबाट कमजोरी भएको स्वीकार गरेका थिए । तर, यसलाई कमजोरी भयो मात्रै भनेर नपुग्ने भन्दै नेता किरातीले गृहमन्त्री बस्नेतलाई पार्टीले फिर्ता बोलाउनुपर्ने माग गरेका छन् । यसबारे पछि फेरि छलफल गरौँला भन्दै स्थायी कमिटी बैठक सकिएको स्रोतले बताएको छ ।

स्थायी कमिटी बैठकमा अर्का नेता जनार्दन शर्माले पनि मन्त्री बस्नेतको कडा आलोचना गरे । मन्त्री बस्नेतले आपूmसँग सरसल्लाह नै लिने नगरेको र सम्पर्क गर्न खोज्दासमेत सम्पर्कमा आउन नचाहेको भन्दै बैठकमा प्रश्न गरे, ‘उहाँले के गर्न खोजेको ? यस्तो पाराले कसरी काम हुन्छ ?’

स्रोतका अनुसार बैठकमा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार सञ्चालन गर्ने समितिको संयोजकबाट आपूmलाई मुक्ति दिलाउन प्रचण्डसँग माग गरे । एमाओवादीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले आचारसंहिताको पालना नगरेको, आपूmखुसी काम गरेको र पार्टीलाई नै बदनाम गराइरहेको भन्दै यस्तो अवस्थामा आपूmले यस्तो जिम्मेवारी सम्हालेर नबस्ने बताए । तर, प्रचण्डले अहिले नै जिम्मेवारीबाट नहट्न उपाध्यक्ष श्रेष्ठलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया